ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रकृतिको काखमा म छिट्टै आउने प्रयास गर्ने छु – भारतीय प्रधानमन्त्री मोदी


एबीसी न्यूज
२४ भदौ २०७६, मंगलबार   १ : ५१   बजे


काठमाडौं, २४ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू छिट्टै नेपालको भ्रमणमा आउने बताउनुभएको छ । अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको भिडियो कन्फरेन्सिङमार्फत मंगलबार संयुक्त रुपमा उद्घाटन गर्दै उहाँले नेपाल भ्रमणमा आउन आफू पनि आतुर रहेकाले समय मिलाएर छिट्टै नेपाल भ्रमणमा आउने बताउनुभयो ।

उहाँले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणका लागि गरेको निमन्त्रणालाई महत्वपूर्ण लिएको र नेपाल भ्रमणमा आउने आफ्नो पनि इच्छा रहेको बताउनुभयो ।

साथै प्रधानमन्त्री मोदीले मन्तव्य टुंग्याउँदै नेपाली भाषामा नै धेरै धेरै धन्यवाद भन्न पनि भ्याउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल भ्रमणमा आउने मेरो पनि धेरै इच्छा छ, प्रकृतिको काखमा म छिट्टै आउने प्रयास गर्ने छु । तपाईँहरु सबैलाई धेरै धेरै धन्यवाद ।’

प्रधानमन्त्री मोदीले भन्नुभयो, ‘तपाईँले मलाई फेरि एक पटक नेपाल भ्रमणमा आउन निमन्त्रणा दिनुभएको छ । मैले यो कुरालाई निकै महत्वपूर्ण लिएको छु । नेपाल भ्रमणमा आउने मेरो पनि धेरै इच्छा छ ।’

यस्तै उहाँले नेपालको प्राथमिकताका अनुसार नेपालको विकासमा सहयोगका लागि भारत सधैँ प्रतिबद्ध रहेको पनि बताउनुभयो । उहाँले नेपाल–भारत पेट्रोलियम पाइपलाइन दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पाइपलाइन भएको बताउँदै यसले क्षेत्रीय ऊर्जा सुरक्षामा सहयोग पुर्याउने बताउनुभयो ।

साथै उहाँले प्रधानमन्त्री केपी ओलीले भिडियो लिङ्कमार्फत आफूसँग जोडिन समय निकालेकोमा खुसी पनि व्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै उहाँको सक्रियता निरन्तर नेपाल भारतबीचको सम्बन्धलाई जोड्न अघि बढोस भन्ने शुभकामना पनि दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu