ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड–वाङ यी भेटवार्ता र भावना (फोटो फिचर सहित)


ABC NEWS
भाद्र २४, २०७६ मंगलबार  १२ : २४ बजे

 

काठमाडौं २४ भदौ । नेपालको तीन दिने भ्रमणमा आएका चिनिया स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी र नेकपा अध्यक्ष पुष्पकमलदाहाल प्रचण्डबीच भदौ २४ गते (सेप्टेम्बर १०) विहान भेट वार्ता भएको छ ।

काठमाडौंको होटल सोल्टीमा भएको वार्तामा प्रचण्ड र वाङ यी बीच दुई देशीय भावना र विश्वासालाई बुझ्ने काम भएको थियो । यीले प्रचण्डलाई चिनिया पक्षको चाहना, तत्काल सहयोग गर्ने क्षेत्र लगायतका विषयमा विश्वास दिलाएका थिए ।


दुई पक्षीय विभिन्न कुराकानीका अलवा वाङले प्रचण्ड र प्रधानमन्त्री ओलीको दृष्टिकोण समान पाएकोमा खुशी व्यक्त गरेका थिए । प्रचण्डको बुझाईमा चीन पार्टी एकता र सरकार गठन भएदेखि यताको अवस्थामा बल्ल पूर्णत विश्वस्त भएर नेपाल र नेकपालाई विश्वास गर्न सकिने तहमा पुगेको छ ।

प्रचण्ड र चीन बीचको सम्वन्ध र त्यसमाथि व्यक्तिगत रुपमा पनि वाङसँगको चिनजान र अनौपचारिक ढंगले कुराकानी गर्न सक्ने तहको सम्वन्ध धेरै लामो रहेको पृष्ठभूमिमा वाङ यी प्रचण्डसँग अझ बढी खुलेको चिनिया दूतावास स्रोतले जानकारी दिएको छ ।
यस अघि सोमाबार वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्दै शिष्टाचार भेटवार्ता गरेका थिए । त्यसभन्दा पहिले दिउँसो वाङ यीको प्रतिनिधि मण्डली र नेपाली समकक्षी प्रतिनिधिमण्डलस्तरमा समेत वार्ता भएको थियो । वार्ता लगतै फरक फरक तीन वटा आयोजना र सहयोगसम्वन्धी हस्तक्षर समेत भएको थियो ।


आज विहान प्रचण्डसँग भेटवार्ता गर्नु पहिले वाङ यी ले पर्यटककै शैलीमा भक्तपुर दरबार स्क्वाएरको भ्रमण गरेका थिए । त्यसो त सोमबार चिनिया स्टेट काउन्सिलर वाङले चन्द्रगिरिमा पुगेर १ घण्टा हाइकिङ गरेका थिए ।

वाङको यो भ्रमणले नेपाल आकर्षक पर्यटकीय गन्तव्य हो भन्ने सन्देश चिनिया जनतामा पु¥याएर नेपालको समृद्धिमा अप्रत्यक्ष योगदान गरेको छ ।

चिनिया स्टेट काउन्सिलर र नेपाली प्रतिनिधिमण्डलबीच वैठक। काठमाडौं

 

 

चिनिया राजदूत होउ यान्छी र नेपाली प्रतिनिधिबीच हस्ताक्षर .

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com