काठमाडौं, २१ फागुन । नवनिर्वाचित राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले समृद्ध नेपाल निर्माणको कार्यभार पूरा गरेर देखाउनुको कुनै विकल्प नभएको बताउनुभएको छ । राष्ट्रियसभा सदस्यको पद तथा गोपनीयताको शपथपछि सभाको आजको बैठकमा बोल्दै उहाँले भन्नुभयो, “छिटोछिटो सरकार परिवर्तन हुने अवस्थाको अन्त्य भएको छ, सरकारले स्थायित्व पाएको ...