काठमाडौँ, १ जेठ । पछिल्लो २४ घण्टामा देशभर आठ हजार १६७ जना व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १७ हजार ९७१ जनाको पीसीआर र ५७७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा आठ हजार १६७ जना संक्रमित पुष्टि भएका हुन्। ...