काठमाडौ, जेठ, १० गते । नेपाली कांग्रेसका नेता कल्याण गुरुङले पार्टी नेतृत्व वार्ता भन्दा पनि विभाजनतर्फ उन्मुख देखिएको उनले बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । कार्यक्रममा उनले भने नेतृत्वले अपमान गर्यो, संम्मानजनक व्यवहार नगरेको उनको आरोप छ । विशेष महाधिवेशनबाट आएको नेतृत्वले एकलौटी ढंगले पार्टी चलाउन खोजेको उनको आरोप छ । विवादीत पक्षलाई मिलाउने भन्दा पनि वेवास्ता गरेको उनले बताए । पार्टी नेतृत्व यही शैलीबाट अगाडी बढे कांग्रेस फुटन सक्ने उनको भनाई छ । कांग्रेस नफुटाउन असन्तुष्ट पक्ष लचिलो भन्दा पनि नेतृत्वले नटेरेको उनको भनाई छ । पार्टी भित्रको विवाद मिलाउन नेताहरु बैठक छलफलमा जुटेको उनले बताए ।



















प्रतिक्रिया दिनुहोस्