काठमाडौं, ८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित नीजि निवासमा बिहान ११ बजे बैठक तय भएको कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । बैठकमा नेताहरूको कार्यविभाजन मूल एजेण्डा छ ।
गत मङ्सिरमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन बाँकी छ । ४ दिनअघि बसेको बैठकमा नेताहरूको कार्यविभाजन प्रस्ताव गरिएको छ । त्यसलाई आज अन्तिम रूप दिने बताइएको छ ।त्यसदिन सचिवालयले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको होल्डमा राखिएको सदस्यता नवीकरण खुलाउने निर्णय गरेको थियो ।








प्रतिक्रिया दिनुहोस्