काठमाडौ, बैशाख २४ गते । नेपाली कम्युनिष्ट पार्टीका नेता राजन दाहालले सरकार निरङ्कुशताको बाटोमा अघि बढेको बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । बालेन नेतृत्वको बहुमतको सरकार सदनलाई छलेर अध्यादेशको उल्टो बाटोमा गएको उनको भनाई छ । कार्यक्रममा उनले भने बालेन सरकार लोकतन्त्र र संसदीय परम्पराको विरुद्धमा छ । सरकारले सुकुम्बासीमाथि वैकल्पिक व्यवस्था नगरी डोजर चलाएर मर्न बाध्य बनाएको उनको भनाई छ । सरकार प्रक्रियागत भन्दा पनि मनलाग्दी अगाडी बढेको उनले बताए ।



















प्रतिक्रिया दिनुहोस्