काठमाडौं । पूर्वसञ्चारमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेलले आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाइएको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफू कुनै पनि अनियमिततामा संलग्न नरहेको दाबी गरेका हुन्।
सञ्चारमन्त्री रहेका बेला स्मार्ट टेलिकमसँग सम्बन्धित अर्बौं रुपैयाँ हिनामिनामा उनको नाम जोडेर विभिन्न समाचार सार्वजनिक भएका थिए। तर, खरेलले ती आरोप निराधार भएको भन्दै आफ्ना शुभेच्छुकलाई भ्रममा नपर्न आग्रह गरेका छन्।
उनले लेखेका छन्, ‘मैले कुनै गल्ती गरेको छैन, त्यसैले मलाई डर पनि छैन। जसले चाहे सोध्न, खोज्न सक्छ, तर सत्य सधैं सत्य नै रहन्छ। मेरो इमानदारी नै मेरो यात्राका लागि पर्याप्त छ।’
सुशीला कार्की नेतृत्वको सरकारमा सञ्चारमन्त्री बनेका खरेल हाल रास्वपाबाट प्रतिनिधिसभा सदस्य छन्। उनी ललितपुर–२ बाट प्रत्यक्ष निर्वाचित भएका थिए।



















प्रतिक्रिया दिनुहोस्