काठमाडौ, बैशाख २४ गते । पूर्व राजदुत डा. विष्णुहरी नेपालले नेपालसंग कुनै परामर्श नगरी लिपुलेक नाका खोल्नु नेपालका लागि आपक्ति रहेको बताएका छन । एवीसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । लिपुलेक नाका भएर भारत र चीनले व्यापार गर्ने सहमति गर्नु नेपालका लागि सान्र्दभिक नभएको उनको भनाई छ । दुई छिमेकीले एकतर्फी सम्झौता गर्नु नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि प्रहार गरेको उनको भनाई छ । लिपुलेकको विषयमा सरकारले आवश्यक कुटनीतिक र राजनीतिक कदम चाल्न उनले सुझाव दिएका छन ।



















प्रतिक्रिया दिनुहोस्