काठमाडौ, बैशाख २४ गते । भारत र चीनकै कारण लिपुलेकको विषय फेरि बल्झिएको पूर्व राजदुत रमेश कोइरालाले बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । सन २०२० देखि रोकिएको कैलाश मानसरोवर तीर्थयात्रुलाई आवतजावतलाई निरन्त्रता दिने भारत र चिनले सहमति गरेपछि विषय बल्झिएको उनले बताए । नेपालसँग सम्बन्धित भुगोलमा भारत र चीनले आफुखुशी गरेपछि विषय विवादमा आएको उनले बताए । कार्यक्रममा उनले भने प्रधानमन्त्रीको भारत भ्रमणमा लिपुलेक जस्ता विषयमा छिनोफानो गर्न सरकारलाई आग्रह गरे ।



















प्रतिक्रिया दिनुहोस्