ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षकहरूले गरे परीक्षा बोर्डको बैठक बहिष्कार


एबीसी न्यूज

काठमाडौं ८ बैशाख । शिक्षकहरूले राष्ट्रिय परीक्षा बोर्डको बैठक बहिष्कार गरेका छन्। २० दिनदेखि सडक संघर्षमा रहेका शिक्षकहरूलाई बोर्डले आज बैठकमा बोलाएको थियो।

बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा छलफल गर्न विद्यालयका प्रधानाध्यपकहरुलाई बोलाएको थियो।

परीक्षाको केद्राध्यक्षसमेत रहेका प्रधानाध्यपकहरूलाई बैसाख ११ गतेदेखि सञ्चालन हुने तालिका रहेको कक्षा १२ को परीक्षा सञ्चालनको विषयमा छलफल गर्ने एजेन्डा तय गरेको थियो।

पदम कन्या विद्याश्रम माध्यामिक विद्यालयकी प्रधानाध्यपक रिता तिवारी बोर्डले बोलाएको बैठकमा नजाने भनेर सामूहिक निर्णय गरेको बताइन्।

‘कक्षा १२ को परीक्षा सञ्चालन गर्ने बिषयमा छलफलमा बोलाएको थियो,ु तर हामीले नजाने निर्णय गर्‍यौँ,’ उनले भनिन्,ुदेशभरका शिक्षक साथीहरु काठमाडौँमा हुनुहुन्छ। कक्षा १२ को परीक्षा केही दिनपछि सर्छ होला।’
बोर्डले परीक्षा सञ्चालन हुन नसक्नेबारे अहिलेसम्म केही भनेको छैन।

वैशाख १२ सम्म सडक आन्दोलन जारी
नेपाल शिक्षक महासंघले बैसाख १२ गते सम्म आन्दोलन जारी राख्ने जनाएको छ। महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले सरकारले १३ गतेसम्म ऐन ल्याउने निर्णय गर्ने जनाएका कारण वैशाख १२ गतेसम्म सडक आन्दोलन जारी बताइन्।

ुआन्दोलन फिर्ता लियौँ भने हाम्रो माग सम्बोधन हुँदैन्। आन्दोलन जारी राख्नुको हामीसँग कुनै विकल्प पनि छैन्,ु उनले भनिन्, ु२० दिन भइसक्यो कुनै सुनुवाइ भएको छैन्।, सरकारलाई थप दबाब दिन आन्दोलन बहान ९ देखि १२ बजेसम्म गर्न थालेका छौँ। ९ बजेदेखि कार्यलय समय सुरु हुन्छ। हाम्रो आन्दोलनले सिंहदरबारका कर्मचारीले पनि थाँहा पाउन् भनेर दबाब दिन खोजेका हौँ।ु

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज बस्ने मन्त्री परिषद्को बैठकमा शिक्षकका माग सम्बोधन गर्न ७ बुँदे प्रस्ताव लैजाने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com