ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं महानगरपालिकाले १६ दिने अभियान अन्तर्गत कुनै पनि कार्यक्रम नगर्ने


एबीसी न्यूज

काठमाडौं १० मंसिर । काठमाडौं महानगरपालिकाले यस वर्षको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत कुनै पनि कार्यक्रम र गतिविधि नगर्ने भएको छ ।

राज्यले कुनै सहयोग नगर्ने र १६ दिनसम्म मात्र अभियान चलाउँदै उपलब्धि नहुने भन्दै यस वर्ष लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत कुनै पनि कार्यक्रम नगर्ने महानगरपालिकाले जनाएको छ ।

हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । १० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको छ ।

तर महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले १६ दिन मात्र अभियान चलाउनु देखावटी हुने टिप्पणी गरेका छन् ।

 

प्रवक्ता मानन्धरले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘काठमाडौं महानगरपालिकाले सञ्चालन गरेका लैंगिक हिंसाविरुद्धका कार्यक्रममा राज्यका अन्य सम्बद्ध निकाय र पदाधिकारीहरुबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको पृष्ठभूमिमा देखावटी रुपले कृत्रिमता प्रदान गर्ने गरी १६ दिनलाई मात्र लैंगिक हिंसा विरुद्धको अभियानका नाममा कार्यक्रम सञ्चालन गर्नु नाटकीय हुने र नैतिकताका आधारमा समेत जायज मान्न सक्ने भएकाले यस वर्षको उक्त अभियान अन्तर्गत कुनै पनि कार्यक्रम तथा गतिविधिहरु काठमाडौं महानगरपालिकाद्वारा सञ्चालन नगरिने‘।’

तर लैंगिक हिंसाविरुद्धका वार्षिक कार्यक्रमहरु भने निरन्तर सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ ।

यस अभियान अन्तर्गत काठमाडौं महानगरपालिकाले वर्षभर लैंगिक हिंसा विरुद्धमा कार्य गर्ने गरी आवश्यक नीति, कानुन, कार्यक्रम र बजेट तर्जुमा गरी सञ्चालन गर्दै आइरहेको जनाएको छ । काठमाडौं महानगरमा ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ कार्यक्रम सञ्चालनमा छ ।

यस कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका क्षेत्रभित्र जोखिममा परेका, विशेष संरक्षणको आवश्यकता भएका र घरेलु बाल श्रमिकका रुपमा श्रम शोषण तथा यौन शोषणमा परेका बालबालिकाको उद्धार गर्दै आएको छ । उनीहरुका लागि अस्थायी संरक्षण, स्वास्थ्य उपचार, कानुनी उपचार, शैक्षिक सुविधा पनि उपलब्ध गराइरहेको महानगरपालिकाले जनाएको छ ।

तर आफ्ना कार्यक्रममा राज्यबाट असहयोग भएको महानगरपालिकाको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com