ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्टार स्पोर्ट्ससँगको सम्झौताविरुद्ध सात निकायमा उजुरी, विज्ञापन बोर्डले क्यानलाई लेख्यो चिठी


एबीसी न्यूज

काठमाडौं ९ मंसिर । नेपाल प्रिमियर लिग एनपीएल को प्रत्यक्ष प्रशारणका सम्बन्धमा भारतीय टेलिभिजन स्टार स्पोर्ट्ससँग भएको सम्झौताबारे विज्ञापन बोर्डले नेपाल क्रिकेट संघ क्यान सँग जवाफ मागेको छ । सम्झौताको प्रतिलिपिसमेत पेश गर्न निर्देशन दिँदै बोर्डले शुक्रबार क्यानलाई पत्र लेखेको हो ।

सञ्चार तथा विज्ञापन क्षेत्रका तीन संस्थाले विज्ञापन बोर्डमा उक्त सम्झौताविरुद्ध गत मंसिर सात गते उजुरी दिएका थिए । उजुरीमा एनपीएलका खेलहरु ट्वान्टी फस्र्ट सेन्चुरी मिडिया नामक विदेशी कम्पनीमार्फत स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण गर्ने कार्य अन्य कानूनहरुका अलावा विज्ञापन नियमन गर्ने० ऐन, २०७६ को दफा ६ विपरित भएको उल्लेख छ ।

यही उजुरीका विषयमा यस बोर्डको उजुरी दर्ता नं। ०९ मिति २०८१र८र०७ मा दर्ता भएको उजुरीको व्यहोराको सम्बन्धमा लेखिंदैछ । उजुरीमा नेपाल क्रिकेट संघ  can ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग ल्एी० का खेलहरु ट्वान्टी फर्स्ट सेन्चुरी मिडिया नामक विदेशी कम्पनी मार्फत स्टार स्पोर्टस च्यानलबाट प्रत्यक्ष प्रसारण गर्ने भनी तहाँबाट आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएकोमा उक्त कार्य अन्य कानूनहरूको अलवा विज्ञापन नियमन गर्ने० ऐन, २०७६ को दफा ६ विपरीत भएको व्यहोरा समेत उल्लेख छ ।

विज्ञापन ऐनको दफा ६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित क्लीन फिड प्रसारण गर्नुपर्ने कानूनी प्रावधान रहेको छ ।

 

बोर्डले पत्रमा लेखेको छ, ‘तहाँ संघ ऋब्ल्० ले नेपाल प्रिमियर लिगका खेलहरू ट्वान्टी फर्स्ट सेन्चुरी मिडिया नामक विदेशी कम्पनी मार्फत स्टार स्पोर्टस च्यानलबाट प्रत्यक्ष प्रसारण गर्ने व्यबस्था गर्दा उल्लेखित कानूनी प्रावधान बमोजिम गरिएको छ वा छैन रु प्रत्यक्ष प्रसारणको व्यवस्था गर्दा खरिद सम्झौता वा एमओयू भएको भए सो को प्रमाणितप्रति संलग्न गरी विस्तृत व्यहोरा सहित यो पत्र प्राप्त भएको मितिले ७ ९सात० दिनभित्र जवाफ पेश गर्नु हुन आदेशानुसार अनुरोध छ ।’

सात निकायमा उजुरी
क्यानले स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुने घोषणा गरेपछि नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ र मिडिया अलाइन्सले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै आलोचना गरेका थिए । उनीहरूले सातवटा निकायमा सम्झौताविरुद्ध उजुरी गरेका छन् ।

सञ्चार मन्त्रालय, खेलकुद मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय खेलकुद परिषद, प्रशारण विभाग, विज्ञापन बोर्ड र प्रधानमन्त्री कार्यालयमा उजुरी दर्ता गरिएको हो । स्टार स्पोर्ट्ससँग गरिएको सम्झौता अवैध भन्दै यसलाई खारेज गर्न उजुरीमा माग गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हाँसेर बोलिदिए मात्रै पुग्छ, हामी निःशर्त एमालेमा फर्किन्छौँः नेता श्रेष्ठ

अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

सम्बन्धित

रास्वपाको विस्तारित बैठक चतवनको सौराहामा

प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एमालेप्रति झाँक्रीको संकेत : विचार र सिद्धान्त मिल्नेसँग एकतावद्ध हुने नै हो

हाँसेर बोलिदिए मात्रै पुग्छ, हामी निःशर्त एमालेमा फर्किन्छौँः नेता श्रेष्ठ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com