ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोडसेडिङको अन्त्य ओलीले गर्नु भयो, जस अरूले लिइरहेका छन्-महासचिव पोखरेल


एबीसी न्यूज

काठमाडौं ७ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा लोडसेडिङको अन्त्य गर्ने कामको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको दाबी गरेका छन् ।

पार्टीले शुक्रबार काठमाडौंमा आयोजना गरेको जागरण सभामा सम्बोधन गर्दै महासचिव पोखरेलले लोडसेडिङ अन्त्यको जस अरूले लिएको गुनासो गरे ।

‘दैनिक १८ घण्टा लोडसेडिङ हुन्थ्यो, केपी ओली प्रधानमन्त्री भएपछि नेपालको जलस्रोतमा देखिएका समस्या समाधान गरेर आधारभूत लोडसेडिङ एक वर्षभित्र हल गर्ने योजना तयार गर्ने प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली रहनुभयो,’ उनले भने ।

महासचिव पोखरेलले भारतबाट विद्युत् आयात गरेर नेपालबाट लोडसेडिङको युग अन्त्य गरेको तर्क गरे ।

‘अध्यक्ष ओलीको त्यही योजनाको परिणामस्वरुप हामीले भारतबाट अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माण गरेर, विद्युत आयात गरेर नेपाललाई अँध्यारो समयबाट उज्यालो युगतर्फ फर्काउने कामको नेतृत्व गर्‍यौं,’ उनले भने ।

लोडसेडिङ अन्त्यको जस अरूले लिएको गुनासो गर्दै पोखरेलले भने, ‘तर बिडम्बनाको कुरा काम एउटाले गर्छ जस अर्कोलाई दिने हाम्रो समाजको परम्परा बन्न पुगेको छ ।’

उनले एमालेले रेलको कुरा गर्दा सुरुमा गिज्याएपनि पछि सबैले चुनावी घोषणापत्रमा रेलको एजेन्डा उठाउन थालेको बताए ।

महासचिव पोखरेलले श्रीलंकालाई वामपन्थी सरकारले संकटबाट पार लगाएको भन्दै नेपालको संकट समाधान पनि एमाले नेतृत्वको सरकारले गर्ने दाबी गरे । एमालेले सरकारको नेतृत्व गर्न थालेदेखि सुशासन र आर्थिक सुधार सुरु भएको उनको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com