ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेलाई पक्राउ गर्न काठमाण्डौ जिल्ला अदालतको पनि अनुमति


एबीसी न्यूज

काठमाडौं ३ मंसिर । पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाण्डौले पनि अनुमति दिएको छ ।

यसअघि सहकारी बचत रकम हिनामिना अनुसन्धानका लागि जिल्ला अदालत कास्कीको अनुमतिपछि पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले पनि त्यही कसुरमा पक्राउको अनुमति दिएको थियो । जिल्ला अदालत काठमाण्डौले पनि सहकारी बचत रकम हिनामिना अनुसन्धानकै लागि पक्राउ गर्न अनुमति दिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डौको निवेदनमा अदालतले कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको बचत ठगीमा अनुसन्धान गर्न लामिछाने सहित गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशीलाई पक्राउ अनुमति दिएको छ ।

जोशी पनि जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा छन् । स्वर्णलक्ष्मी प्रकरणमा प्रहरीले यसअघि गोर्खा मिडिया प्रालिका अध्यक्ष जीबी राईसहित २४ जनाविरुद्ध पक्राउ अनुमति लिइसकेको छ ।

सहकारी बचत रकम हिनामिनाको अनुसन्धानका लागि गठित संसदीय छानबिन समितिले गोर्खा मिडियामा सहकारीको रकम आएको निष्कर्षसहित तत्कालीन सञ्चालकहरूलाई कारबाही सिफारिस गरेपछि प्रहरीले पक्राउ अनुमति मागेको हो ।

पाँचवटा सहकारीबाट गोर्खा मिडियाको खातामा रकम जम्मा भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेले आज ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दै

सुक्खायाम सुरु भएसँगै आगलागीका घटनामा वृद्धि

सम्बन्धित

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

बाघ हेर्न गाभर भ्याली होमस्टे

सुक्खायाम सुरु भएसँगै आगलागीका घटनामा वृद्धि

मतदाता नामावली दर्ताका लागि पाँच दिन थप : साढे २ लाखभन्दा धेरै नयाँ मतदाता थपिए

वडाध्यक्षको गोली प्रहार गरी हत्या

निर्वाचनको विकल्प सोच्ने ठाउँ छैन, प्रत्यक्ष कार्यकारीले नै मुलकमा स्थायित्व कायम गर्छ – डा. खिमलाल देवकोटा(भिडियो)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com