ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेलाई भैरहवा ल्याइयो, सुप्रिम सहकारी बचत अपचलन आरोपमा बयान लिइने


एबीसी न्यूज

काठमाडौं २७ कात्तिक । सहकारी ठगी आरोपमा कास्की प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि आज भैरहवा ल्याइएको छ ।

पोखराको सुर्यदर्शन सहकारीको वचत अपचलन आरोपमा कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको वचत अपचलन आरोपमा अनुसन्धान गर्न भैरहवा ल्याइएको हो ।

बिहान पौने ८ बजे को फ्लाइटमा पोखराबाट भैरहवा ल्याउने तयारीस्वरूप रविलाई बिहान ५ बजे नै पोखरा एयरपोर्ट लगिएको थियो । तर, मौसमको खराबीका कारण पोखराबाट जहाज उड्न नसक्दा लामिछानेलाई केही घण्टा ढिलो भैरहवा ल्याइएको हो ।

मौसममा सुधार भएपछि बुद्ध एअरबाट भर्खरै भैरहवा ल्याइएका लामिछानेलाई लगत्तै जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा पुर्‍याएर बयान लिइने रुपन्देही प्रहरी प्रवक्ता लक्ष्मी खनालले बताइन् ।

लामिछानेलाई बयानका लागि रुपन्देही ल्याउने भएपछि बिहानैदेखि रुपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको छ । यस्तै सरकारी वकिलको कार्यालय र अदालत प्रवेश केही क्षेत्रमा व्यारिगेड लगाएर बन्द गरेको छ । कात्तिक ८ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसहितका १२ जना आरोपीलाई पक्राउ पूर्जी जारी गरेको थियो ।

कात्तिक २ गते काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका रविलाई ३ गते पोखरा पुर्‍याइएको थियो । ४ गते अदालतमा पेश गरेपछि उनी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

पूर्वगृहमन्त्री लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको थियो । बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न रुपन्देही प्रहरीले कात्तिक ८ गते जिल्ला अदालतबाट लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ अनुमति लिइसकेको थियो ।

बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे पनि कास्की प्रहरी हिरासतमै छन् । बञ्जाडेलाई यसअघि नै रुपन्देही ल्याएर बयान गरि कास्की पठाइसकिएको छ ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको देखिएको छ ।

२ करोडमध्ये संस्थाले काट्ने सेवा शुल्क कटाएर लामिछानेले १ करोड ९६ लाख ऋण लगेको देखिएको छ । ऋण लैजाने क्रममा उनी गोर्खा मिडिया नेटवर्कमा कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। तर लामिछानेले आफूले निवेदन दिएर ऋण माग नगरेको र नलिएको जिकिर गर्दै आएका छन् ।

गुल्मीको मालिका गाउँपालिका–८ घर भएका ३० वर्षीय सागर केसीले भौचर सदर गरेर रोशनी गुरुङले गोरखा मिडिया नेटवर्कको नाममा रहेको बैंक खातामा रकम जम्मा गरेको अभियोग पत्रमा उल्लेख छ। रोशनी यसअघि नै अदालतबाट धरौटीमा रिहा भएकी छन् । केसी फरार छन् ।

संस्थाका पूर्वअध्यक्ष गितेन्द्रबाबु जीवी राई र पूर्व उपराष्ट्रतिका छोरा एवं सुप्रिम सहकारीका पूर्वसचिव दीपेश पुनसहित २८ जनालाई प्रतिवादी बनाउँदा लामिछानेलाई प्रतिवादी बनाइएको थिएन । प्रहरीले २८ जनालाई प्रतिवादी बनाएर रुपन्देही अदालतमा मुद्दा दर्ता गर्दा लामिछाने गृहमन्त्री थिए ।

रास्वपा र सहकारी पीडितको छुट्टाछुट्टै प्रदर्शन

सहकारी ठगी आरोप लागेका लामिछाने पोखराबाट भैरहवा आएपछि राष्ट्रिय स्वतन्त्र पार्टी र सुप्रिम सहकारीका पीडितले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् ।

रास्वपाले बिहान ११ बजे बुद्धचोकस्थित लुम्बिनी गेटमा भेला भएर नारायणपथ, देवकोटाचोक हुँदै जिल्ला प्रहरी कार्यालय नजिक पुगेर सभा गर्ने तयारी गरिएको रास्वपा रुपन्देही सभापति डा बुद्धिप्रसाद शर्माले बताए । सभालाई सम्बोधन गर्न केन्द्रीय नेताहरु पनि आउने शर्माले बताए ।

रास्वपाले गर्ने प्रदर्शन, नाराबाजीलाई शान्तिपूर्ण र मर्यादित बनाउन आचारसंहिता लागू गरी नेता कार्यकर्तालाई अग्रिम जानकारी गरिएको शर्माले बताए। उता सहकारी पीडितले जिल्ला सरकारी वकिलको कार्यालय अगाडि प्रदर्शन गदैछन् ।

आफ्नो बचत फिर्ता पाउनुपर्ने, सहकारी ठगीमा संलग्न जोसुकैले सजाय पाउनुपर्ने लगायतका माग गर्दै प्रदर्शन गर्न लागेको सहकारी पीडित संघर्ष समितिकी चिना थापाले बताइन् । उनले सहकारी ठगीमा आरोप लागेकालाई पक्रेर मात्रै पीडितले न्याय नपाउने भन्दै आफूहरुको बचत कुनै हालतमा सरकारले फिर्ता गर्नुपर्ने आफूहरुको एकमात्र माग रहेको बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com