ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भुरुङ तातोपानी मुस्ताङ यात्राको चिसो फाल्ने स्थल


एबीसी न्यूज

काठमाडौं २५ कात्तिक । कालिगण्डकी कोरिडोरमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानी कुण्ड मुस्ताङ यात्राको चिसो फाल्ने स्थलका रूपमा विकास भएको छ । कालिगण्डकी नदी किनारमा रहेका दुई वटा तातोपानीका कुण्ड यतिखेर मुस्ताङ भ्रमण गरेर फर्किएका पर्यटकले भरिभराउ भएको छ । दैनिक रूपमा पाँच सय देखि सात सय जना पर्यटकले कुण्डमा स्नान गर्ने गरेका छन् ।

बिहान ६ बजे देखि बेलुका ९ बजे सम्म नै तातोपानी कुण्डमा स्नान गरेर चिसो फाल्ने र थकान मेटाउने पर्यटकको अहिले निकै भिडभाड छ । दसैँ पछिका दिनहरूमा मुस्ताङ भ्रमण जाने पर्यटक सङ्ख्यामा उल्लेख्य वृद्धि भएकाले तातोपानीमा पर्यटकको चाप बढेको तातोपानी कुण्ड सञ्चालक अमृतमान शेरचनले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘‘अपर मुस्ताङ सम्म पुगेर फर्किएका पर्यटकहरू चिसो फाल्न र यात्राको थकान मेटाउन तातोपानी कुण्डमा स्नान गर्दछन् । दसैँ पछिका दिनहरूमा पर्यटकले तातोपानी भरिभराउ भएको छ ।’’ पर्यटक बढेसँगै तातोपानी क्षेत्रका होटेल व्यवसायीहरू उत्साहित भएको उहाँको भनाई छ ।

पर्यटकलाई आकर्षित गर्न तातोपानी कुण्ड वरपर नियमित सरसफाइ र पर्यटकमैत्री वातावरण बनाएको उहाँले बताउनुभयो । तातोपानीको कुण्ड नजिकै कपडा फेर्ने ठाउँ, धारा,सार्वजनिक शौचालयलाई व्यवस्थित बनाएको उहाँको भनाई छ । तातोपानीमा स्नान गर्न आएका पर्यटकको सुविधाका लागि कुण्ड परिसरमा क्यान्टिन समेत सञ्चालन गरिएको छ ।

काली गण्डकी नदीको किनारमा ६९ डिग्री सेल्सियसमा मूलबाट निस्किएको पानीलाई ३६ डिग्रीदेखि ४५ डिग्री सेल्सियससम्ममा तापक्रम मिलाइएको पानीमा पर्यटकले स्नान गर्ने व्यवस्था मिलाइएको कुण्ड सञ्चालक शेरचनले बताउनुभयो ।

मुस्ताङ भ्रमणमा आएका पर्यटकका साथै अन्नपूर्ण पदयात्रामा आएका पर्यटक तातोपानी झरेर स्नान गर्दछन् । कुण्डमा स्नानका लागि स्वदेशीलाई ५० र विदेशीलाई एक सय ५० रुपियाँ शुल्क तोकिएको छ ।

कुण्डमा प्रवेश शुल्क र क्यान्टिन सञ्चालन गर्न गाउँपालिकासँग चालु आर्थिक वर्षमा ५६ लाख २५ हजार तीन सय ७७ रुपियाँमा ठेक्का सम्झौता गरेको होटेल हट स्पिरिङका सञ्चालक समेत रहनुभएका शेरचनले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सम्बन्धित

आजदेखि दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक

मध्यरातमा दुर्गा प्रसाईं पक्राउ

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

बाघ हेर्न गाभर भ्याली होमस्टे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com