ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना चार जनाको मृत्यु


एबीसी न्यूज

काठमाडौं २३ कात्तिक । भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्र किलोमा शुक्रवार बिहान भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सत्र किलो स्थित नारायणगढ मुग्लिङ सडकमा करिब बिहान ३ बजे मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा।प्र। ०६–००१ज ०२९८ नं।को ईभि हायस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा।प्र। ०३–००१ ख २८१२ नं। को बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिमालका अनुसार सो दुर्घटनामा परी मृत्यु हुनेमा हायसमा सवार यात्रुहरू रहेका छन् ।

हायसमा सवार गोर्खा आरुघाट गाउँपालिका वडा नम्बर १ मान्बु का ४० वर्षीय राजबहादुर गुरुङ, हायसमा सवार नाम थर वतन नखुलेकी करिब ४० बर्षकी महिला, हायसमा सवार नाम थर वतन नखुलेको करिब ३२ वर्षको पुरुष र हायसमा सवार नाम थर वतन नखुलेको करिब ३५ वर्षको पुरुषको मृत्यु भएको रिमालले बताउनुभयो । मृतक चारै जनाको टाउकोमा गम्भीर चोट लागेको छ । उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका हुन् ।

यस्तै उक्त दुर्घटनामा परी घाइते भएका बसको सह चालक काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ का ३० वर्षीय भोज विक्रम शाहको भरतपुर अस्पतालमा उपचार भई रहेको छ । यस्तै नाम थर नखुलेका एक पुरुषको गम्भीर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने यस्तै नाम थर नखुलेका ३८ वर्षीय पुरुष घाइतेको टाउकोमा गम्भीर चोट लागेको छ । बसमा सवार उदयपुर कटारी नगरपालिका वडा नम्बर ९ निमपाटा बस्ने वर्ष २४ का श्याम कुमार कार्कीको निधारमा चोट छ । बसमा सवार चितवन रत्ननगर नगरपालिका वडा नम्वर १३ प्रगती टोल बस्ने वर्ष १९ को मो।साकिर मियाँको दाँया कानमा भित्री चोट छ । रत्ननगरकै वर्ष ३२ का साहेब मियाँको दुवै खुट्टामा चोट छ ।

दुर्घटनाग्रस्त बस र हायस अहिले दुर्घटना स्थलमै छन् भने बसका चालक मकवानपुर हेटौडा उपमहानगर पालिका वडा नम्बर ९ बस्ने वर्ष ४४ का सुर्य विक्रम बिस्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पछिल्लो समय चितवनमा हरेक दिन जसो दुर्घटना भई रहेको छ । यो पछिल्लो दुर्घटना के कारणले भयो भन्ने बारेमा अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

हाँसेर बोलिदिए मात्रै पुग्छ, हामी निःशर्त एमालेमा फर्किन्छौँः नेता श्रेष्ठ

सम्बन्धित

एमालेबाट विघटित संसदीय दलको बैठक आह्वान

मुख्यमन्त्री नियुक्ति विवाद: पार्टीभित्रैबाट आलोचना, तोडफोड र वैधानिकतामाथि प्रश्न

रास्वपाको विस्तारित बैठक चतवनको सौराहामा

प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com