ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजदेखि बीपी राजमार्गमा ठूला बस पनि सञ्चालन


मनिषा लामिछाने

आज (मंगलबार) देखि बीपी राजमार्गमा ठूला बस पनि चल्न थालेका छन्।

रोसी नदीले सडक बगाएका स्थानमा अस्थायी ट्र्याक खोलेर आजदेखि यात्रुवाहक साना/ठूला दुवै खालका सवारीसाधन सञ्चालन गर्न दिइएको हो।

सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले यसअघि यात्रुवाहक साना सवारीसाधन मात्र सञ्चालन गर्न दिइएकामा आज बिहानदेखि यात्रुवाहक ठूला बस पनि चल्न दिइएको जानकारी दिए।

‘हिजोसम्म यात्रुवाहक साना सवारीसाधन मात्र चल्न दिएका थियैँ’, डिभिजन प्रमुख योगेशले मंगलबार बिहान नेपालखबरसँग भने, ‘दसैँमा काठमाडौँबाट विभिन्न स्थानमा घर गएकाहरूलाई फर्किन सजिलो होस् भनेर यात्रुवाहक सबै खालका सवारीसाधनलाई सञ्चालन गर्न अनुमति दिएका छौँ।’

उनका अनुसार अहिलेलाई रुट परमिट लिएका यात्रुवाहक सवारीसाधनलाई मात्र बीपी राजमार्गमा सञ्चालन अनुमति दिइएको हो।

‘मालवाहक सवारीसाधनलाई भने अहिले चल्न दिएका छैनौँ’, उनले भने, ‘यात्रुवाहक बसलाई पनि रातिको समयमा चाहिँ नचलाउन अनुरोध गरेका छौँ।’

अझै कतिपय स्थानमा सुक्खा पहिरो खस्ने सम्भावना रहेकाले राति सवारीसाधन सञ्चालन नगर्न भनिएको डिभिजन प्रमुख योगेशले बताए।

सडक डिभिजन भक्तपुरका सूचना अधिकारी, इन्जिनियर सुमनराज बस्नेतले बीपी राजमार्गअन्तर्गत चौकीडाँडा र माम्ती खोलानजिकको डाइभर्सनमा सोमबार साँझ थप मर्मत गरिएपछि आजदेखि यसअघि रुट अनुमति पाएका यात्रुवाहक ठूला बसलाई पनि सञ्चालन गर्न दिइएको जानकारी दिए।

यही असोज १०, ११ र १२ गतेसम्म भएको लगातार वर्षापछि रोसी नदीमा आएको बाढीले बीपी राजमार्गको भकुन्डेबेँसी बर्खेखोलाला खण्डमा ८ किलोमिटरभन्दा बढी सडक बगाएको छ। जहाँ हाल ट्र्याक निर्माण गरी अस्थायी रूपमा यातायात खुलाइएको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न

सम्बन्धित

बाघ हेर्न गाभर भ्याली होमस्टे

वडाध्यक्षको गोली प्रहार गरी हत्या

प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न

‘कुरा काटेको निहु’मा एकल महिलालाई पाँच लाख जरिवाना, पेमाले गाउँ छाडिन्

सवै कम्युनिस्ट शक्तिलाई समेटेर अघि बढ्छौ – चिरन पुन नेता नेपाली कम्युनिष्ट पार्टी (भिडियो सहित)

११ राजदूत २० गतेभित्र मन्त्रालयमा हाजिर हुन प्रधानमन्त्रीको निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com