ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तकोशीको टापुमा फसेका २५ जना सकुशलै


एबीसी न्यूज

काठमाडौं १३ असोज । अविरल वर्षाका कारण सप्तकोशी नदीको चिलैया टापुमा शनिवार बिहानदेखि फसेकाहरू सकुशल रहेको बताइएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका २ बालचनखोरिया, ठाकुरबारी र राजाबासको नदी क्षेत्रमा गोठ राखेर बसेका पशुपालक कृषकहरू सकुशल रहेको प्रहरीले जनाएको छ ।

बालचनखोरिया क्षेत्रमा फसेकाहरूको उद्धारको लागि नेपाली सेनाको टोली आइतबार बिहानै बोट लिएर गएको वराहक्षेत्र नगरप्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विकास राईका अनुसार नदीमा फसेका २५ जना कृषक सकुशलै छन् । उनीहरू आफन्तको सम्पर्कमा रहेको उहाँले जानकारी दिनुभयो । नदीमा आइतबार बिहानदेखि नै पानीको बहाव घट्दै गएपछि अवस्था सहज हुँदै गएको हो ।

टापुमा फसेका वराहक्षेत्र २ का पाँच जना र वराहक्षेत्र छ ठाकुरबारी क्षेत्रका का १५ जना सकुशल रहेको प्रहरी निरीक्षक राईले बताउनु भयो । वराहक्षेत्र ९ को राजावास नदी क्षेत्रको टापुमा फसेकाहरु पनि सकुशल रहेको प्रहरीले जनाएका छ । नदीको बिच भागमा गोठ राखेर बसेका कृषकहरू डुङ्गा लिएर आफै नदी वारपार गर्दै आएका थिए । कृषकहरू टापुमा छाडा चरिचरण हुने भएकाले वर्षौँदेखि पशुको गोठ राखेर चरिचरन गर्दै आएका छन् ।

शनिवार नदीको बिच भागमा फसेका कृषकहरूको उद्धार गर्न सबै प्रयास गरिए पनि प्रतिकूल मौसमका कारण उद्धार हुन सकेको थिएन । वराहक्षेत्र नगरपालिका ६ चिलैया र ९ को टापु क्षेत्रमा गोठ राखेर बसेका पशुपालन कृषकहरू सप्तकोशी नदीको बिच भङ्गालोमा फसेका थिए । उद्धार गर्न बोट जान नसकेपछि हेलिकप्टर मगाए पनि प्रतिकूल मौसमका कारण आउन सकेको थिएन ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हाँसेर बोलिदिए मात्रै पुग्छ, हामी निःशर्त एमालेमा फर्किन्छौँः नेता श्रेष्ठ

अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

सम्बन्धित

रास्वपाको विस्तारित बैठक चतवनको सौराहामा

प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एमालेप्रति झाँक्रीको संकेत : विचार र सिद्धान्त मिल्नेसँग एकतावद्ध हुने नै हो

हाँसेर बोलिदिए मात्रै पुग्छ, हामी निःशर्त एमालेमा फर्किन्छौँः नेता श्रेष्ठ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com