काठमाडौं १० असोज । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा.मोहम्मद युनुसबीच अमेरिकामा भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने सिलसिलमा अमेरिकामा रहेका ओली र युनुसबीच न्युयोर्कमा भेटवार्ता भएको हो।
त्यस अवसरमा उनीहरुबीच आपसी हित र साझा चासोका विविध विषयका साथै ऊर्जा, पर्यटन, पारवहन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्