ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिक आधारमा समाजलाई बिगार्ने अधिकार कसैलाई छैन : नेता भण्डारी


एबीसी न्यूज

काठमाडौं २६ भदौ । नेपाली कांग्रेस प्रभावशाली नेता डा। चन्द्र भण्डारीले समाज, संस्कृति र सम्बन्ध राजनीतिक आधारमा बिगार्ने अधिकार कसैलाई नभएको बताउनुभएको छ । बुधबार गुल्मीको सदरमुकाम तम्घासमा यहाँका विकास निर्माणको समिक्षा कार्यक्रमको उद्घाटन गर्नहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

गुल्मी निर्वाचन क्षेत्र नम्बर(१ बाट निर्वाचित सङ्घीय सांसद तथा संविधान सभा सदस्य समेत रहनुभएका भण्डारीले नेपाली समाज धेरै पहिलेदेखि छुट्टै आफ्नै संस्कृति र संस्कार अनुसार सञ्चालन हुँदै आएकाले यसलाई राजनीतिक रुपमा बिगार्ने अधिकार कसैलाई नभएको बताउनुभयो ।

संविधान निमार्णको क्रममा समेत आफुलाई राजनैतिक रुपमा पहाड र तराईलाई छुट्टाउन आफ्नै पार्टीका नेताहरूबाट समेत ठुलो दबाब आएपनि यसलाई छुट्टाउन आफू तयार नभएको स्मरण गर्नुभयो । उहाँले आफू ग्यास दुर्घटनामा परी पुर्नजिवन पाएको भन्दै आफुलाई जनतालाई ढाट्ने, छल्ने र झुट बोल्ने छुट नभएको बताउनुभयो ।

आफू ग्यास दुर्घटनामा पर्दा कोहि, मन्दिर, कोहि, मस्जिद, कोहि चर्चमा गएर आफ्नो जीवन रक्षाका लागि प्राथना गरेको बताउँदै आफुले राजनीति इमानका लागि पनि जनताको आवाज बोल्ने उहाँले बताउनुभयो । पछिल्लो समय नेपालको अर्थतन्त्र अत्यन्त खराब अवस्थामा रहेको भन्दै जिल्लामा परेका योजनाहरुको बजेट फ्रिज जान दिन नहुने बताउनुभयो ।

त्यस अघि डा। भण्डारीलाई समन्वय प्रमुख द्रोण बहादुर खत्री, रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी लगायतका जनप्रतिनिधिहरुले समन्वय समितिको सभाहलमा स्वागत गर्नुभयो । दुई दिनसम्म सञ्चालन हुने समिक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका १२ वटै स्थानीयतहका प्रमुख रअध्यक्ष, उपप्रमुखरउपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरु लगायतको सहभागिता रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

सम्बन्धित

प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न

‘कुरा काटेको निहु’मा एकल महिलालाई पाँच लाख जरिवाना, पेमाले गाउँ छाडिन्

सवै कम्युनिस्ट शक्तिलाई समेटेर अघि बढ्छौ – चिरन पुन नेता नेपाली कम्युनिष्ट पार्टी (भिडियो सहित)

मधेस सरकार गठनविरूद्ध पेसी

मधेशमा आज पनि रोकिएन प्रदर्शन

एमालेबाट विघटित संसदीय दलको बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com