काठमाडौ, २४ भदौ काठमाडौंका शक्तिशालीहरुको कोठाचोटामा सधैंजसो सुन्न पाइन्थ्यो–भारत खुलेआम हस्तक्षेप गर्छ, चीनचाहिँ चुपचाप नरम कूटनीति गर्छ । पछिल्ला वर्षहरुमा ठिक यसको उल्टो परिदृश्य देखिन्छ । गएको शनिवारको घटना हे¥यौं भने पनि एकसरो झलक मिल्छ, जहाँनेर चिनियाँ राजदूत नेपालीलाई अर्को छिमेकी भारतसँग कसरी चल्ने भनेर अर्तीबुद्धि दिँदै थिए । चीनका राजदूत छेन सङले राजधानीमा आयोजित कार्यक्रममा नेपाल र भारतबीच भएको विद्युत व्यापार सम्झौताको प्रतिकूल हुने गरी लामै बोले ।
भारतसँग कस्तो व्यापार अपनाउने, कस्तो कुटनीति गर्ने भन्ने मामिला काठमाडौंको आन्तरिक हो भन्ने बिर्सेर राजदूत छेनले अनेकौ अनर्थ बोले । पछिल्ला वर्षमा यसरी आक्रामक र विवादास्पद अभिव्यक्ति दिने राजदूत छेन पहिलो चिनियाँ कूटनीतिज्ञ भने होइनन् । राजदूत छेनले आफ्नो कार्यकाल सम्हाल्न नेपालमा आएको आठ महिना पुगेको छ । यसअघि उनले पोखरा विमानस्थललाई चीनको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाको फ्ल्यागसिप आयोजना भएको दाबी गरेका थिए । छिमेकी मुलुक भारतसँग नयाँ हवाई रुटको अनुमति लिन मेहनत गरिरहेको नेपालका लागि चिनियाँ राजदूतको अभिव्यक्तिले अप्ठेरो सिर्जना गरिरहेको बुझाइ काठमाडौंमा छ । यो त्यसकारण पनि अर्थपूर्ण छ कि भारतले अहिलेसम्म बीआरआईलाई स्वीकार गरिसकेको छैन ।
यसै पनि चीनको लगानी रहेका कतिपय परियोजनाप्रति भारतको सकारात्मक दृष्टिकोण छैन । यस्तो अवस्थामा प्रतिस्पर्धी दुई छिमेकीको बीचमा रहेको मुलुकको संवेदनशीलता नबुझी एउटालाई असर पुग्ने गरी अर्को छिमेकी मुलुकको कूटनीतिज्ञले सम्बन्धित विषय नै तोकेर मुख खोल्दै हिँड्नु उचित हुदैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणको पूर्वाद्धधमा नेपालका लागि चिनियाँ राजदूतका पछिल्ला गतिविधिमाथि व्यापक प्रश्न उठेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन ३० भदौमा न्यूयोर्क जाने प्रधानमन्त्री प्रचण्ड त्यतैबाट ५ असोजमा बेइजिङ जानेछन् । यद्यपि चीन भ्रमण मन्त्रिपरिषद्ले अनुमोदन गर्न बाँकी छ । प्रचण्ड बेइजिङ जानुअघि एउटा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण चिनियाँ राजदूत छेन सङ विवादमा परेका छन् ।
फाउन्डेशन अफ ट्रान्स हिमालयन रिसर्च एन्ड स्टडिजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘विश्व अर्थतन्त्रमा चीन र नेपालमा यसको प्रभाव’ शीर्षकमा आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्ने क्रममा चिनियाँ राजदूत छेनले भारत र नेपालको व्यापार सम्बन्धमाथि नकारात्मक टिप्पणी गरेका थिए । अहिले जुन प्रकारको अभिव्यक्ति आइरहेको छ यसलाई ऐतिहासिक दृष्टिकोणबाट पनि हेर्नुपर्छ । अघिल्लो राजदूतको भूमिकालाई हेर्दा पनि नेपाललाई नियन्त्रणमा राख्नका लागि आक्रामक भएर आएको देखिन्छ’अर्को, भारत र नेपालको सम्बन्ध अलिकति फरक छ ।त्यो हिसाबले पहिले नेपालको राजनीतिमा भारतीय कूटनीतिज्ञको जस्तो हस्तक्षेप थियो, त्यही प्रक्रियामा चीन आफूले पनि चल्नपर्छ भन्ने सोचेको देखिन्छ । किनभने, हामी पनि उत्तिकै छिमेकी हौं भनेर देखाउन खोजेको छ ।
नेपालमा शान्ति प्रक्रिया सुरु भएपछि संविधान जारी हुने बेलासम्म भारतबाट नेपाल आउने प्रायः राजदूतको भूमिका यस्तै विवादास्पद हुन्थ्यो । नेपालमा जनआन्दोलन ०६३ सफल हुनुअघि नै राजाको सक्रिय शासन कालमा भारतबाट राजदूत बनी काठमाडौं आएका श्याम शरण, शिवशंकर मुखर्जी, राकेश सुद, जयन्त प्रसाद र रञ्जित रेका कार्यकालहरू असाध्यै विवादास्पद बन्न पुगेका थिए । उनीहरूले क्याबिनेटको मिटिङमा हस्तक्षेप गरेको, संविधान लेखनमा अनावश्यक चासो र कतिपय अवस्थामा हस्तक्षेप महसुुस हुनेगरी भूमिका खेलेको, पार्टीकै बैठकमा आफ्ना एजेन्डा प्रवेश गराएको जस्ता गतिविधिबाट विवादित भइरहन्थे । त्यसैको परिणाम आम मनोविज्ञान भारतप्रति थप नकरात्मक बन्दै गएको थियो । भारतीय र पश्चिमा मुलुकका राजदूतहरू काठमाडौँमा सक्रिय हुँदा चिनियाँ कूटनीतिज्ञ भने मौन देखिन्थे ।
तर संविधान जारी भएर आम निर्वाचन घोषणा भएसँगै त्यो भाष्य पूरै बदलिएको छ । नेपाल आफैमा स्वतन्त्र राष्ट्र हो । भारत, चीन, जापान, यूरोपसँग कसरी सम्बन्ध राख्छ भन्ने नेपालको आफ्नो कुरा हो उनले नेपाल चीन सम्बन्धमा हामी यस हिसाबले अगाडि जाऔँ भन्न सक्छन् । अहिले आफ्नो कार्यक्षेत्रभन्दा माथि उठेर प्रतिक्रिया दिन पक्कैपनि मिल्दै । चिनियाँ राजदूत छेनले दिएको अभिव्यक्ति गैरकूटनीतिक मात्रै होइन, नेपालको परराष्ट्र नीति सञ्चालनमा आफ्नो प्रत्यक्ष उपस्थिति समेत देखाउन खोजेको हो भन्ने कुरा बुझन कठिन छैन । चीनप्रतिको सद्भाव नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्ने चिनियाँ कूटनीतिक शैलीका कारण कायम रहेको हो । विगतमा भारतीय राजदूतहरूले गरेको गल्ती अहिले चिनियाँले दोहो¥याउँदा त्यसको प्रतिफल पनि फरक हुनेछैन । नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप नरुचाउने नेपालीहरूले चिनियाँ हस्तक्षेप पनि पक्कै राम्रो मान्ने छैनन् । चीनप्रति नेपाली जनताको सद्भाव खलबलिन नदिने हो भने चिनियाँ राजदूतले नेपालको राजनीतिमा अनावश्यक चासो र सक्रियता पनि देखाउनु हुँदैन ।
प्रतिक्रिया दिनुहोस्