काठमाडौ भदौ १९ । नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । काफ्लेले संसदीय दलका नेता बहादुरसिंह लामा समक्ष राजीनामा पेश गरेका हुन् ।
लामा निकट मानिएका काफ्लेले सामाजिक सञ्जालमा दलका नेता समक्ष राजीनामा दिएको तस्बिर राख्दै प्रमुख सचेतकको भूमिकाले पार्टी संगठनको काममा समय दिन नसकेको जसको कारण दोलखाली जनसेवामा समय अभाव महशुस भएको उल्लेख गरेका छन् ।कांग्रेस केन्द्रीय सदस्यको रूपमा रहेको र दोलखाको जनताको सेवामा थप समर्पित हुनको लागि उनले प्रमुख सचेतकबाट राजीनामा दिएको उनले बताएका छन् ।
तर उनको एकाएक राजीनामा आउनुमा दलको नेता लामासँग पछिल्लो समयमा भएको खटपट रहेको कांग्रेस निकट स्रोतको दाबी छ ।कांग्रेस बागमती प्रदेशको मन्त्रीको दाबी गरेका काफ्लेले मन्त्री पद नपाएपछि लामासँगको सम्बन्ध चिसिएको श्रोतको भनाई छ ।लामालाई संसदीय दलको नेता बनाउन ‘ग्राउण्ड’मै खटेका काफ्लेलाई लामाले वास्ता नगरेपछि उनी रुष्ट बनेको र राजीनामा दिएको काफ्ले निकट श्रोतको भनाई रहेको छ ।
प्रतिक्रिया दिनुहोस्