ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिशूलीमा बस खस्दा कम्तिमा ८ जनाको मृत्यु


abc

काठमाडौै, ६ साउन । धादिङको गजुरीमा भएको बस दुर्घटनामा कम्तिमा पनि ८ जनाको मृत्यु भएको छ।

प्रहरीले उद्धार गरेकामध्ये ८ जनाको मृत्यु भएको छ भने ५ जना घाइते अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक दीपक न्यौपानेले जानकारी दिए।

‘मृत्यु भएकामध्ये दुई जनालाई हामीले बसमुनीबाट निकालेका हौँ,’ न्यौपानेले केहीबेरअघि  भने, ‘हामी अहिले पनि उद्धारमै छौँ।

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान करिब ११ बजे त्रिशूली नदीमा खसेको हो।

धादिङ प्रहरीका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२, स्थित चालिसेबाट बस त्रिशूली नदीमा खसेको छ।

प्रहरी निरीक्षक न्यौपानेले मृतकको संख्या बढ्न सक्ने बताए। ‘बसमा कति यात्रु सवार थिए, खुलेको छैन,’ उनले भने, ‘हामी सम्पूर्ण विवरण संकलन गरिरहेका छौँ।’
दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डीएसपीको कमान्डमा ६ जना र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट अर्का डीएसपीको कमान्डमा ८ जना गोताखोरसहित २६ जना सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे अध्ययन आवश्यक रहेको शिक्षामन्त्री राईको भनाइ

बझाङ भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउन रास्वपाको माग

सम्बन्धित

यस वर्ष दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

नेपालगन्जको अवस्था तनावपूर्ण, अनिश्चितकालीन कर्फ्यू :

बझाङमा गएको भूकम्पमा दर्जनौ बढि घर भत्किए ,पहिरोले राजमार्ग अवरुद्ध, ६ जना घाइते

सरकारको विकल्प खोज्न सबै दल र सांसदलाई, ओलीको आह्वान:

हत्यारा र भ्रष्टलाई जोगाएर कस्तो सुशासन आउँछ, ओलीले गृहमन्त्रीलाई भने :

बझाङमा २६ मिनेटको अन्तरमा गयो दुई ठूला भूकम्प, काठमाडौंसम्म हल्लायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com