काठमाडौं, १० मंसिर । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनमा मतदान सुरु भएसंगै राजनितीक दलका शीर्ष नेताहरु पनि चुनावमा होमिएका छन ।
पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले गोरखाबाट आज मतदान गर्दैहुनुहन्छ । मतदान केन्द्र पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि, खोप्लाङमाबाट उहाले मतदान गर्दैहुनुहुन्छ ।

गोरखा– क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य को उम्मेदवार हुन । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि पहिलो चरणकै चुनावमा मतदान गर्दैहुनुहुन्छ् । उहाले गोरखाको सिरानचोक गाउपालिका–८ जौबारी मतदान केन्द्रबाट मतदान गर्दैहुनुहुन्छ । उहा भटटराईको प्रतिद्धन्द्धि समेत हुन ।
यस्तै एमाले सचिव योगेश भट्टराई पनि पहिलो चरणका मतदाता हुन् । ताप्लेजुङको प्रतिनिधिसभा सदस्यतर्फको चुनावी मैदानमा उत्रिएका भट्टराईको नाम मैवाखोला गाउँपालिका–३ नारायणी उमावि केन्द्रमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाा सिन्धुपाल्चोकका मतदाता हुन् । मतदाता सूचीमा उहाको नाम सुनकोसी गाउपालिका २ को महेन्द्रोदय उमावि केन्द्रमा छ । उहाले यही केन्द्रको मतपेटिकामा मत खसाल्नुहुन्छ ।
पश्चिम रुकुमका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा रुकुम मुसिकोट नगरपालिका–५ का मतदाता हुन् । उहाको मतदान केन्द्र यमुना नन्दनमूना उमावि हो । उहाले यहीबाट मतदान गर्नुहुन्छ ।यता कांग्रेसका चीनकाजी श्रेष्ठ र एमालेका पृथ्वी सुब्बा गुरुङले पनि आजै मतदान गर्दैहुनुहुन्छ ।
४ नम्बर प्रदेशका मुख्यमन्त्रीका दाबेदारका रुपमा हेरिएका गुरुङ लमजुङबाट प्रदेशसभा सदस्य उम्मेदवार छन् । उहाले पनि आज मतदान गर्दैहुनुहुन्छ । उहाकोे मतदाता नामावली क्वहोला सोथार गाउपालिका–९ मा छ । उहाको मतदान केन्द्र बुद्धोदय मावि परेको छ । गोरखा १ का उम्मेदवार चीनकाजी श्रेष्ठले आरुघाट गाउपालिकाको भीमोदय उमावि मतदान केन्द्रबाट मत दिदै हुनुहुन्छ ।







प्रतिक्रिया दिनुहोस्