झापा, २४ कार्तिक ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस लोकतान्त्रिक पार्टी नभएर दक्षिणपन्थी र प्रतिक्रियाबादी पार्टी भएको बताउनु भएको छ ।
झापाको भद्रपुरमा भएको झापा क्षेत्र नम्बर ३ को चुनाव प्रचारप्रसारसंग सम्बन्धित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्र, देशभक्त, प्रगतिशिल गठबन्धन एमाले पार्टी भएको दावी गर्नु भएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका ओलीले कांग्रेसले सरकारमा रहेर इतिहासदेखि हालसम्म देशका लागि कुनै काम नगरेको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले अबको राजनीति भनेको इमान र संकल्पको भएकाले त्यसको क्षमता कांग्रेसमा नभएको बताउनुभयो । झापा जिल्लामा एमाले र माओवादीको वाम गठबन्धनसंग राप्रपाले चुनावी तालमेलसहितको गठबन्धन गरिसकेकाले झापा जिल्लामा एमालेको जीत निश्चित रहेको उहांले दावी गर्नु भयो । उहांले मञ्चबाटै झापा ३ मा वाम गठबन्धनसंग सहकार्यमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नु भएका राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनलाई विजयीको अग्रिम शुभकामना दिनुभयो ।
उहांले एमाले र माओवादी केन्द्र बीचको वाम गठबन्धन चुनावमा फेल खाए सबै दलका लागि लाजमर्दो हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्