काठमाडौं, २६ जेठ । २३ औँ संस्करणको विश्वकप फुटबल संयुक्त रुपमा उत्तर अमेरिकी देशहरु अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्दैछन्। यी ३ वटै देशका विभिन्न १६ वटा शहरका विभिन्न रंगशालामा विश्वकप फुटबल चल्नेछ। विभिन्न १६ वटा शहरमध्ये अमेरिकाका ११ शहर , मेक्सिकोका ३ शहर र क्यानडाका २ शहरमा प्रतियोगिता संचालन हुनेछ।
विश्वकप फुटबलको २३ औँ विजेताको टुङ्गो अमेरिकाको न्युयोर्कस्थित मेटलाईफ रंगशालामा साउन ३ गते लाग्नेछ। ८३ हजार क्षमताको यो रंगशालालाई न्यु जर्सि रंगशाला पनि भनिन्छ। यो रंगशालामा विश्वकप फुटबलको फाइनल खेल हुनुका साथै समूहचरणका ५ खेल र राउण्ड अफ ३२ र राउण्ड अफ १६ का १–१ खेल हुनेछन्।
अमेरिकाको डल्लास रंगशालामा विश्वकपका विभिन्न ९ वटा म्याच हुनेछन्। ९४ हजार दर्शक क्षमता भएको यो रंगशालामा समूहचरणका ५ खेल , राउण्ड अफ ३२ का २ , प्रिक्वार्टरफाइनलका १ र सेमिफाइनलका १ खेल हुनेछ।
अमेरिकाको एट्लान्टास्थित मर्सिडिज बेन्च रंगशाला ७५ हजार दर्शक क्षमताको छ। यहाँ समूहचरणका ५ खेल , राउण्ड अफ ३२ का १ , प्रिक्वार्टरफाइनलका १ र सेमिफाइनलका १ खेल हुनेछ।
अमेरिकाको कानसास शहरमा अवस्थित गेहा फिल्ड एट एरोहेड रंगशालामा समुहचरणका खेल , नकआउट र क्बाटरफाइनलका खेलहरु हुनेछ। यो रंगशाला ७३ हजार दर्शबक क्षमताको छ।
विश्वकप फुटबलका केही खेल अमेरिकाको हाउस्टनमा खेलाइनेछ। ७१ हजार दर्शक क्षमताको हाउस्टनको एनआरजीे रंगशालामा समूहचरणका ५ खेल , राउण्ड अफ ३२ र प्रिक्वार्टरफाइनलका १–१ खेल हुनेछ।
अमेरिकाको सान फ्रान्सीस्को बे एरियामा रहेको एनआरजी रंगशालामा समूहचरणका ५ खेल , राउण्ड अफ ३२ र प्रिक्वार्टरफाइनलका १–१ खेल हुनेछ। यो रंगशालाको क्षमता ७१ हजार दर्शक अट्ने छ।
यसैगरी अमेरिकाको लस एनर्जल्समा रहेको सोफि रंगशालामा ७० हजार दर्शक अट्ने क्षमता छ। २३ औँ संस्करणको विश्वकपमा समूहचरणका ५ खेल , राउण्ड अफ ३२ का २ र प्रिक्वार्टरफाइनलका १ खेल हुनेछ।
यसैगरी अमेरिकाको फिलाडेलफियास्थित लिनकोल्न फिनान्सीयल फिल्ड रंगशालामा समूहचरणका ५ खेल र प्रिक्वार्टरफाइनलका एउटा खेल हुनेछ। यहाँको दर्शक क्षमता ६५ हजार रहेको छ।
६९ हजार दर्शक क्षमता रहेको अमेरिकाको सिटिलस्थित लुमेन फिल्ड रंगशालामा समूहचरणका ४ र राउण्ड अफ ३२ र प्रिक्वार्टरफाइनलका १–१ गरी ६ वटा खेल हुनेछ।
यसैगरी अमेरिकाको मियामी शहरमा रहेको हार्ड रक रंगशालामा विश्वकपको तेस्रो स्थानका लागि हुने प्रतिस्पर्धा सहित ७ वटा खेल हुनेछ। मियामी रंगशालाका नामले पनि परिचित ६५ हजार दर्शक अट्ने यो रंगशालामा समूह चरणका ४ वटा खेल ,राउण्ड अफ ३२ र प्रिक्वार्टरफाइनलका १–१ खेल सहित तेस्रो स्थानका लागि हुने प्रतिस्पर्धा यही हुनेछ।
६५ हजार दर्शक क्षमता भएको अमेरिकाको बोस्टननस्थित जिलेटे रंगशालामा विश्वकपका ७ वटा खेल हुनेछ। समूहचरणका ५ वटा , राउण्ड अफ ३२ र क्वार्टरफाइनलका १–१ खेल हुनेछ।
मेक्सिकोको राजधानी मेक्सिको सिटीमा अवस्थित एस्टाडियो बार्नोटे रंगशालामा २३ औँ संस्करणको विश्वकपको उद्घाटन खेल हुनेछ। जहाँ पहिलो उद्घाटन खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ। यो त्यही मैदान हो , जहाँ सन् १९७० र १९८६ मा मेक्सिकोले विश्वकप आयोजना गर्दा उद्घाटन र फाइनल खेल भएको थियो। यसलाई एस्टाडियो एज्टेका रंगशाला पनि भनिन्छ। मेक्सिको सिटी रंगशालाका नामले समेत परिचित यो रंगशालामा ८३ हजार दर्शक अट्ने क्षमता छ।
मेक्सिकोको मोन्टेरीमा अवस्थित एस्टाडियो बिबिभिए रंगशालामा विश्वकपका ४ वटा खेल हुनेछन्। साढे ५३ हजार दर्शक क्षमताको रंगशालामा समूहचरणका ३ वटा र एउटा राउण्ड अफ ३२ को एउटा खेल हुनेछ। मेक्सिकोको गौडालाजारा महानगरपालिकामा पर्ने एस्टाडियो एक्रोन रंगशालामा विश्वकपका समूहचरणका ४ वटा खेल हुनेछन्। यहाँको रंगशालामा ४८ हजार दर्शक अट्ने क्षमता छ।
क्यानडाका २ वटा शहरमा विश्वकपका खेल हुँदैछन्। जसमा टोसेन्टोको बिएमओ फिल्ड रंगशाला रहेको छ। ४५ हजार दर्शक क्षमताको रंगशालामा पहिलो खेलमा क्यानडा र बोस्नीया हर्जगोभिनाबीच प्रतिस्पर्धा हुनेछ। यो रंगाशालामा प्रतियोगिताका समूहचरणका ६ वटा खेल हुनेछ।
क्यानडाको भानकौभरमा रहेको बिसी प्लेस रंगशालामा कुल सातबाट प्रतिस्पर्धा हुनेछ। ५४ हजार दर्शक क्षमताको रंगशालामा समूहचरणका ५ खेल , राउण्ड अफ ३२ र प्रिक्वार्टरफाइनलका १–१ खेल हुनेछ।








प्रतिक्रिया दिनुहोस्