ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ


एबीसी न्यूज
जेष्ठ २६, २०८३ मंगलबार   ८ : ३३   बजे

काठमाडौं, २६ जेठ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आज दुई जना मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

प्रधानमन्त्री शाहको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुनलाई नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीले आजै राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

सुधन गुरुङले दोस्रो पटक गृह मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य चुनावमा गोरखा–१ बाट निर्वाचित उहाँ यसअघि २७ दिन गृहमन्त्री बन्नुभएको थियो ।

गुरुङ गएको चैत १३ गते गृहमन्त्रीमा नियुक्त हुनुभएको थियो । तर सम्पत्ति विवरणको स्रोतमाथि विवाद हुँदा उहाँले वैशाख ९ गते पदबाट राजीनामा दिनुभएको थियो । त्यसपछि छानबिन भएको थियो । छानबिनबाट ‘क्लिनचिट’ पाएसँगै गुरुङ गृह मन्त्रालयमा फर्किनुभएको हो ।

महावीर पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुनुहुन्छ । उहाँ तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री बन्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै ३ बजे शपथ

नयाँ संसद: पहिलो पटक सूचना टाँसेर प्रतिनिधि सभा बैठक स्थगित

आइतबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङ पर्ने सम्भावना

देश निर्वाचित अधिनायकवादतर्फ उन्मुख भएको संकेत देखिँदै छ: अर्जुननरसिंह केसी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group