ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना


एबीसी न्यूज
जेष्ठ ८, २०८३ शुक्रबार  ७ : ३३ बजे

काठमाडौं, ८ जेठ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल रही बाँकी भू९भागमा आंशिक बादल लागिरहेको छ। गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ। लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागको केहि स्थानहरूमा, मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागमा तातो लहर चल्ने सम्भावना र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको छ।आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।यसैगरी, काठमाडौँ उपत्यकामा आज बिहानैदेखि मौसम बदली र वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज बिहान ५ बजेदेखि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पानी परिरहेको हो। ‘काठमाडौँका विभिन्न स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ तर यो क्षणिक वर्षा गराउने खालको प्रणाली हो’, उनले भने, ‘आधा घण्टा पछि जतिमा क्रमिक रूपमा मौसम सुधार हुन्छ।’तर, दिउँसोपछि फेरि मौसम बदली भई बिहीबारजस्तै अपराह्न वा साँझपख वर्षा हुने सम्भावना रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले अहँकार देखायो ः नेकपा सांसद, शर्मा , भिडियो

शुल्क र गुणस्तर विवादबीच विदेशी कलेजमाथि कडाइको तयारी

सम्बन्धित

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

हर्कराज राईको कडा अभिव्यक्ति: बालेन्द्र साहको राजीनामा माग

इजरायलको आक्रमणबाट लेबनानमा १९ जनाको मृत्यु

फेसबुकमा सिनियर अफिसरको तस्बिर राखेर ‘तिमीहरूले मलाई मारेउ’ लेखेका बैंकर मृत भेटिए

आईपीएल क्रिकेटमा चेन्नईलाई हराउँदै हैदरावाद प्लेअफमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com