काठमाडौं, २४ वैशाख। काठमाडौंका १९ सुकुम्बासी बस्ती खाली गरिएको छ ।जिल्ला प्रशासन कार्यालयले तयार पारेको विवरण अनुसार सुकुमबासी बस्ती खाली गराउने अभियानअन्तर्गत २ हजार ६८७ घरटहरामा डोजर चलाइएको हो । जसमा ८९० पक्की र १७९७ कच्ची छन् ।
प्रशासनको तथ्यांक अनुसार १५ हजार ३१६ जना विस्थापित भएका छन् ।विस्थापित हुनेहरूमा ६ हजार ८५८ पुरुष, ५ हजार ३२५ महिला, १ हजार ४३७ बालक र १ हजार ६९६ जना बालिका छन् ।







प्रतिक्रिया दिनुहोस्