ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वप्रधानमन्त्री, मन्त्री, मुख्यसचिवसहितका पदाधिकारीलाई पक्राउ पुर्जी जारी गर्न सर्वोच्चको अस्वीकार


abc news
बैशाख २३, २०८३ बुधबार   ८ : १७   बजे

काठमाडौं, २३ बैशाख। संगठित रूपमा शक्ति दुरुपयोग गरी सार्वजनिक जग्गा जथाभावी बाँडिएको भन्दै पूर्वप्रधानमन्त्रीदेखि मुख्यसचिवसम्मका उच्च पदाधिकारीलाई छानबिनका लागि पक्राउ पुर्जी जारी गर्नुपर्ने मागलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले अस्वीकार गरेको छ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा।मनोजकुमार शर्मा र डा।नहकुल सुवेदी संलग्न संवैधानिक इजलासले पक्राउका लागि सरकारलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । उक्त प्रकरणमा बुधबार (वैशाख २३) मा सर्वोच्चमा सुनुवाइ भएको थियो ।

यसअघिका सरकारबाट संगठित रूपमा सार्वजनिक शक्ति दुरुपयोग गरी भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका नाममा वन क्षेत्र, ऐलानी जग्गा, सरकारी जग्गा, राष्ट्रिय निकुञ्ज तथा अन्य क्षेत्रका सार्वजनिक जग्गा मनपरी बाँडेको दाबीसहित पाल्पा, तानसेन नगरपालिका–९ निवासी भेषराज लुइँटेलले रिट दिएका हुन् । सार्वजनिक पदाधिकारीले प्रमाण नष्ट, साक्षीलाई प्रभावमा पार्ने र अनुसन्धानमा हस्तक्षेप गर्नसक्ने प्रश्नसमेत सर्वोच्चसमक्ष उठाइएको थियो ।

रिट निवेदनमाथि बहस गर्दै वरिष्ठ अधिवक्ता डा।सुरेन्द्र भण्डारी, अधिवक्ता कपिलदेव ढकाल र डा।प्रेमराज सिलवालले निर्णयमा संलग्न पूर्वप्रधानमन्त्री, मन्त्री, मुख्यसचिव, सचिवसहितका पदाधिकारीलाई पक्राउ गरेर हिरासतमा लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सुरक्षा निकायका नाममा तत्काल अन्तरिम आदेश जारी गर्न माग राखेका थिए ।

सार्वजनिक जग्गा बाँड्न भन्दै कार्यविधि, निर्देशिका, सिफारिस, स्वीकृति, परिपत्र, मन्त्रिपरिषद्मा निर्णयार्थ पेस गर्ने सबै पदाधिकारीलाई छानबिनको दायरामा ल्याइनुपर्ने जिकिर उनीहरुको थियो । सुनुवाइका क्रममा पर्यावरणीय रूपमा संवेदनशील जग्गा दलाल संयन्त्र र संगठित गिरोह मार्फत जथाभावी बाँड्ने कार्य भएको जनाउसमेत इजलासलाई दिइएको थियो । संवैधानिक इजलासले भने उक्त प्रकरणमा निवेदक माग बमोजिम तत्कालका लागि अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै सरकारसँग लिखित जवाफ माग गरेको छ । अब यो रिटमा सरकारबाट कारणसहितको जवाफ पेश पेश भएपछि मात्र सुनुवाइ अघि बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group