ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीआरआई हुन्न भन्न थाल्यौं भने चीन बिच्किन सक्छ – डा. भट्टराई


एबीसी न्यूज

काठमाडौं १० मंसिर । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी नयाँ शक्ति का संयोजक डा. बाबुराम भट्टराईले बीआरआई परियोजनालाई अस्वीकार गर्न नहुने बताएका छन् । सोमबार गृह जिल्लामा पत्रकारसँगको भेटमा उनले राष्ट्रिय हितमा हुने गरी बीआरआई सम्झौता गर्नुपर्ने बताए ।

‘बीआरआईमा अनुदान, ऋण, लगानी, व्यापार र अन्य कुरा पनि छन्,’ उनले भने, ‘त्यसमा हाम्रो प्राथमिकता के हो त्यो विषयको आधारमा छनोट गरेर भन्ने हो । पहिले नै तर्सिएर लिँदै लिन्नौं, हुँदै हुन्न भन्नु सही हुँदैन भन्ने मेरो भनाइ हो ।’

अहिलेको गठबन्धनको सरकारमा रहेका दलहरू मिलेर यसबारे साझा धारणा बनाउन उनले सुझाव दिए ।

बीआरआईलाई अस्वीकार गरेर चीनलाई चिड्याउन नहुने धारणा उनले राखे । उनले भने, ‘चीनजस्तो उदीयमान शक्ति हाम्रो छिमेकी शक्ति पनि हो । त्यसलाई चिड्याउने गरी हामी प्रस्तुत भयौं भने राष्ट्रिय हित गर्दैन । झुक्न हुँदैन, पतित हुने गरी सम्झौता गर्नु हुँदैन । तर, बीआरआई नै लिन हुन्न त्यसलाई सम्झौता गर्नु हुन्न भन्ने तिर गयौं भने चीन पनि बिच्किने सम्भावना हुन्छ, त्यो हाम्रो हितमा हुँदैन ।’

भारत चीन र अमेरिकासँग मित्रवत सम्बन्ध सन्तुलन गरेर राख्न पनि उनले सुझाव दिए । ‘चीनसँग सम्बन्ध राख्दा भारतसँग बिगार्ने भनेको होइन, भारतसँग राख्दा अमेरिकासँग बिगार्ने भनेको होइन । सबैसँग सन्तुलित रूपमा सम्बन्ध राख्न ध्यान दिनुपर्छ भन्ने हो,’ उनले भने ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com