ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हवाई भाडावृद्धि नियन्त्रणमा मन्त्री पाण्डेको अग्रसरता


एबीसी न्यूज

काठमाडौं २३ कात्तिक । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय विमान कम्पनीको हवाई भाडामा भएको वृद्धि नियन्त्रण गर्न अग्रसरता देखाउनुभएको छ ।

भाडा वृद्धिका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मर्कामा परेको भन्दै मन्त्री पाण्डेले शुक्रबार परराष्ट्रमन्त्री आरजु राणा देउवा, श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारीसहित वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिहरुसँगे हवाई भाडावृद्धिका बारेमा छलफल गर्नुभएको हो ।

सो अवसरमा वैदेशिक रोजगारीमा जानेहरुका लागि नयाँ दिल्लीस्थित विमानस्थल प्रयोग गर्न यसअघि लगाइएको रोक खुला गर्ने तथा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडानका लागि सहजीकरण गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

छलफलका क्रममा विमानस्थलको ट्याक्सी वे विस्तारका लागि रातिको समय विमानस्थल बन्द भएको बहानामा केही विमान कम्पनीले कार्टेलिङ गरेको हुन सक्ने भन्दै वैदैशिक रोजगारसँग सम्बद्ध व्यवसायीहरुले यस विषयमा सरकारले निर्मम भएर निर्णय गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

छलफलका क्रममा लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएनका अध्यक्ष दीपक थापाले नेपालबाट अन्तर्राष्ट्रिय हवाई भाडामा अस्वाभाविक रुपमा वृद्धि भइरहेको र यसमा एयरलाइन्स कम्पनीहरु र केही ट्राभल एजेन्सीहरुको हात रहेको बताउनुभएको थियो ।

छलफलमा उहाँले भन्नुभयो, “गरिब श्रमिकहरूलाई सामान्यभन्दा चार गुणा बढी हवाई मूल्यमा टिकट किन्न बाध्य बनाएको छ । यस विषयमा सरकारले कडा कदम चाल्न जरुरी छ । छलफलका क्रममा परराष्ट्रमन्त्री डा। राणा देउवाले हवाई टिकटमा कटौती हुँदा सबैभन्दा बढी सरकारलाई नै घाटा भएको उल्लेख गर्नुभयो ।

उहाँले पर्यटनमन्त्रीको अध्यक्षतामा पुनः बैठक बसेर समस्या टुङ्ग्याउने उल्लेख गर्दै तत्काललाई यात्रुहरुलाई मध्यनजर गर्दै दिल्लीबाट उडान भर्नका लागि दूतावासमार्फत पहल गर्न अनुरोध गर्ने बताउनुभयो । त्यसैगरी श्रम तथा रोजगार तथा समाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले यसअघि भारतको नयाँ दिल्लीबाट नेपालीहरु श्रम गन्तव्यमा जाने गरेको भए पनि म्यानपावर व्यवसायीहरुकै आग्रहमा मानव तस्करी बढेको गुनासोपछि रोक लगाएको बताउनुभयो ।

मन्त्री भण्डारीले भैरहवा र पोखरा विमानस्थलबाट हवाई उडान भर्न आग्रह गर्नुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “हवाई टिकटमा भएको मूल्य वृद्धिका कारण नेपाल आउने पर्यटकहरु समेत मर्कामा परेका छन् । सिन्डिकेट र कार्टेलिन भएको भए त्यसलाई रोक्नुपर्छ । वैकल्पिक एयरपोर्टका लागि भैरहवा र पोखरा विमानस्थल प्रयोगमा जोड दिनुपर्छ ।”

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले दशैं तिहारको समयमा बाढी पहिरोका कारण हवाई चाप बढ्दा आन्तरिक उडानको टिकटको मूल्य बढेको उल्लेख गर्नुभयो । मन्त्री पाण्डेले भन्नुभयो, “यसअघि दशैं–तिहारको समयमा बाढी पहिरोका कारण हवाई भाडावृद्धि हुन पुग्यो । हाल त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तार गर्नका लागि विमानस्थलमा रातिको समयमा हुने उडान समय घटाएको विषयलाई लिएर हवाई टिकटमा वृद्धि भएको छ ।”

उहाँले भन्नुभयो, “धावनमार्गको विस्तारको सूचना बाहिरिएसँगै एयरलाइन्स कम्पनीहरुले उडान कटौती गर्ने योजना बनाइसक्नु भएको थियो । पोखरा र भैरहवा अन्तर्राष्ट्र्रिय विमानस्थलमा फ्लाइट डाइभर्ट गर्न थालिएको हाल तीन–चारवटा विमान कम्पनीले जाने तयारी गरिरहेका र केही गइरहेका छन् । मन्त्री पाण्डेले सरकारसँग पर्याप्त विमान नहुँदा समस्या देखिएको बताउनुभयो । रोजगार व्यवसायीहरुले भने सरकार आवश्यक परेको बखत निर्मम बन्नुपर्ने सुझाव दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com