बनेपा, २८ मङ्सिर । अर्थमन्त्री डा युवराज खतिवडाले सानो प्रयासबाट वित्तीय प्रणालीमा स्थायित्व आएको बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालय उद्घाटन गर्दै उहाँले महिलाको वित्तीय पहुँचमा पूँजी, सूचना र प्रविधिमा पहुँच पु¥याउन आवश्यक रहेको बताउनुभयो । समाजमा प्रतिष्ठित ...