नेपालगन्ज, १२ जेठ ।
नेपालमै पहिलो राष्ट्रबैंकबाट सिमीत बित्तीय कारोबार गर्ने अनुमती प्राप्त सहकारी बित्तीय बिकास संस्थामा भ्रष्टाचारको अर्को सृङ्खला सार्वजानीक भएको छ । नेपालगन्जमा मुख्य शाखा स्थापनागरी ग्रामीण क्षेत्रमा समेत शाखा विस्तार गरेर बचत संकलन गर्दै आएको सहकारी वित्तीय विकास संस्था लिमिटेडमा करोडौं रकम हिनामिना भएको संस्थाका संचालकहरु स्वयंले खुलासा गरेकाछन् ।
नेपालगन्ज, खजुरा र बैजापुर क्षेत्रमा बचत संकलन गर्दै आएको सो सहकारीका जिम्मेवार कर्मचारीबाट रकम हिनामिना भएपछि आजदेखि सबै शाखा बन्द गरिएको सहकारीको सञ्चालक समितिले विज्ञप्ती निकालेर जानकारी दिएको छ । मुख्य शाखा बैकिङ कार्यालय नेपालगन्जका बैकिङ प्रबन्धक कर्जा विभाग प्रमुख अरुण कुमार पाठ र नगद विभाग÷जनरल विभागका प्रमुख लिलाधर ओलीले बचतकर्ताको करोडौं रकम लिएर सम्पर्कविहीन भएपछि सहकारीको आर्थिक अनियमिता सार्वजनिक भएको हो । संस्थामा निक्षपकर्ताहरुको रकम खातामा जम्मा नगरि अध्यक्षले राख्ने गरेको , असुरक्षित धितोमा ऋण लगानी गर्न संचालक समिती आफै निर्णय गर्ने गरेको , राष्ट्रबैंकको निर्देशनको संचालकबाट पटक पटक अवज्ञा हुने गरेको जस्ता आरोप संस्थाका अध्यक्ष हरदेवबक्स चौधरीमाथि पटक पटक लाग्ने गरेको छ ।
पाठक र ओली जेठ ५ गते देखि कार्यालयलाई जानकारी नदिएर सम्पर्कविहीन भएको बताईएको छ । सहकारीको उच्च स्रोतले दिएको जानकारी अनुसार, पाठक र ओलीले करिव २६ करोड आर्थिक रकम हिनामिना गरेका छन् । ‘सहकारीबाट गरिएको आर्थिक कारोवारको प्रबन्धकबाट अध्ययन गर्ने काम चलिरहेकोले आगामी जेठ २६ गतेसम्मका लागि सहकारीका सम्पूर्ण शाखा कार्यालयबाट गरिने बैकिङ कारोवार स्थगत गरिएको छ, विज्ञप्तीमा भनिएको छ , तर अध्ययन गरिरहेका भनिएका प्रबन्धक गोपाल भण्डारीको समेत मोबाईल उठेको छैन ।
केहि वर्ष पहिले सहकारी ऐन बिपरित पेय पदार्थको कारोबर गर्दै लाखौं रुपैयां हिनामीना गरेको घटनामा समेत संस्थाका वर्तमान अध्यक्ष हरदेव बक्स चौधरी मुछिएका थिए । राष्ट्रबैंकको नियमावली अनुसार छनविनमा परेका चौधरीको बिगतको एक निर्वाचनमा अध्यक्षको उम्मेदवार बन्न समेत बन्चीत भएका थिए ।
करोडौं रकम अपचलनको समाचार बाहिर आएपछि निक्षेपकर्ताहरुले अध्यक्ष चौधरीलाई घेराउ गर्दै जिल्लाप्रशासन कार्यालय बांके पु¥याएका थिए । निक्षेपकर्ताहरुको भिड बढ्दै गएपछि प्रशासनले चौधरीलाई नियन्त्रणमा लिएको छ । बैंकको काउण्टर बन्द भएसंगै संस्थाका संचालकहरु समेत सम्पर्क बिहिन बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्