नेकपाको जनवर्गीय संगठनको संयोजक र सह–संयोजक को–को (नामसहित)

2019-05-16 20:34



काठमाडौं, २ जेठ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी पोलिटब्युरो सदस्यको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले १४७ सदस्यीय पोलिटब्युरो सदस्यको टुङ्गो लगाएको स्रोतले जनाएको छ ।

पोलिटब्युरो सदस्यमा पार्टी सचिवालय र स्थायी कमिटी सदस्य स्वतः पर्ने गरी बनाइएको छ । बैठकले सबै जनवर्गीय सङ्गठनको एकतासमेत टुङ्गाएको छ । गत वर्ष जेठ ३ गते नेकपा(एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि यसअघि नै पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय सदस्य तथा प्रदेश कमिटी र जिल्ला कमिटी सदस्यको मात्र टुङ्गो लगाइएको छ । यसअघि इञ्जिनीयर, कानून व्यवसायी र निर्माण व्यवसायी सङ्गठनको एकता भइसके पनि अन्यको बाँकी रहेको थियो ।

बैठकले बाँकी रहेका सबै जनवर्गीय सङ्गठनको एकताको आज टुङ्गो लगाएको बताइएको छ । विद्यार्थी, मजदूर र बुद्धिजीवी तत्कालीन एमाले तथा युवा, महिला र पत्रकार सङ्गठन तत्कालीन माओवादी केन्द्रको भागमा परेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार भियतनाम र कम्बोडियोको भ्रमण सकेर आएपछि आज सचिवालय बैठक बसेको थियो । पार्टी एकता भएको अवसरमा नेकपाले शुकबार बिहान ८ बजे तत्कालीन नेकपा (एमाले) को पार्टी कार्यालय मदननगर बल्खुमा मदन भण्डारी स्मृति दिवससहित विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ ।

अनेरास्ववियू संयोजक– ऐन महर (पूर्व एमाले)

सहसंयोजक–रञ्जित तामाङ्ग (पूर्व माओवादी)

युवा संयोजक– दीपशीखा (पूर्व माओवादी)

सहसंयोजक–रमेश पौडेल (पूर्व एमाले)

महिला संयोजक– अमृता थापामगर (पूर्व माओवादी)

सहसंयोजक–सीता पौडेल (पूर्व एमाले)

पत्रकार संयोजक– महेश्वर दाहाल (पूर्व माओवादी)

सहसंयोजक–गणेश बस्नेत (पूर्व एमाले)

बुद्धिजीवी संयोजक– डा= दिनेशचन्द्र देवकोटा (पूर्व एमाले)

सहसंयोजक–कृष्ण केसी (पूर्व माओवादी)

मजदूर संयोजक– विनोद श्रेष्ठ (पूर्व एमाले)

सहसंयोजक–जगत सिंखडा (पूर्व माओवादी)

कानुन संयोजक रुद्र नेपाल (पूर्व एमाले)

सहसंयोजक–डा.दीनमणी पोख्रेल (पूर्व माओवादी)

मानवअधिकार संयोजक–मीनबहादुर शाही (पूर्व एमाले)

सहसंयोजक–हुकुम पोख्रेल (पूर्व माओवादी)

पेशागत संयोजक–विश्वनाथ प्याकुरेल (पूर्व एमाले)

सहसंयोजक–दयाराम बस्याल (पूर्व माओवादी)

जनसांस्कृतिक संयोजक– खगेन्द्र राई (पूर्व एमाले)

सहसंयोजक–सरल सहयात्री (पूर्व माओवादी)

मुस्लिम संयोजक–सराज फारुकी (पूर्व एमाले)

सहसंयोजक–तहर हुसेन फारुकी (पूर्व माओवादी)

असहसंयोजक(तहर हुसेन फारुकी ९पूर्व माओवादी०

दलित संयोजक–तिलक परियार (पूर्व माओवादी)

सहसंयोजक–ओमबहादुर विश्वकर्मा (पूर्व एमाले)

भूपू सुरक्षाकर्मी संयोजक–धनबहादुर चन्द(पूर्व एमाले_

सहसंयोजक–मिठाराम केसी (पूर्व माओवादी)

उद्योग संयोजक–लक्ष्मीराज मानन्धर (पूर्व एमाले)

सहसंयोजक–श्याम पाठक (पूर्व माओवादी)

खेलकुद् संयोजक–पुरुषोत्तम पौडेल (पूर्व एमाले)

सहसंयोजक–शिव कोइराला (पूर्व माओवादी)

भूमिहिन संयोजक–रामप्रीत पासवान (पूर्व एमाले)

सहसंयोजक–पदम देवकोटा (पूर्व माओवादी)

जनजाती संयोजक–सुरेश आलेमगर(पूर्व माओवादी)

सहसंयोजक–शेरबहादुर तामाङ्ग(पूर्व एमाले)

आपाङ संयोजक–इन्द्रमाया गुरुङ्ग(पूर्व माओवादी)

सहसंयोजक–रामप्रसाद ढुंगाना (पूर्व एमाले)

किसान संयोजक–बामदेव गौतम(पूर्व एमाले)

सहसंयोजक–चित्रबहादुर श्रेष्ठ(पूर्व माओवादी)

    Comment Here!


सम्बन्धित समाचार

View All