बेइजिङ,१३ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा आज सान्सी प्रान्तबाट राजधानी बेइजिङ हुनुहुन्छ। भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना हुने दोस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल’ कोअपरेशन (अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च) मा सहभागी हुनुहुनेछ । उहाँले आज उक्त मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
उहाँलाई बेइजिङ अन्तरराष्ट्रिय विमानस्थलमा चिनियाँ पराष्ट्र मन्त्रालयका उपमन्त्री कोङ सुयानयु तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङ्ची र बेइजिङस्थित नेपाली राजदूतावासका कर्मचारीलेस्वागत गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्