नेपालगन्ज, १२ बैशाख ।
बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शम्मेरगन्ज खण्डको पुर्वपश्चिम राजमार्गमा शंकास्पद बस्तु फेला परेको छ ।
बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको श्री मेहर गण भन्दा ५०० मिटर पश्चिम तर्फ महेन्द्र राजमार्गमा शंकास्पद वस्तु फेला परेको हो । अहिले उक्त स्थानलाई सुरक्षाकर्मीहरुले आफ्नो नियन्त्रणमा लिएका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेश बहादुर सिंहले राजमार्गमा शंकास्पद बस्तु फेला परेको जानकारी दिए । बम जस्तो देखिने बस्तु फेला परेको भएपनी बम हो की होइन भन्नेबारे पुष्टी हुन नसकेको उनले बताए ।
बम फेला परेको भनेको स्थानमा सेनाको बम विस्पोजल टोली पुग्दैछ । यो समाचार तयार पार्दासम्म पुर्वपश्चिम राजमार्ग अवरुद्व छ ।
प्रतिक्रिया दिनुहोस्