काठमाडौं,११ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी ९ दिने राजकीय भ्रमणका लागि आज चीन प्रस्थान गर्नुभएको छ ।
राष्ट्रपति भण्डारी नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट आज चीनको सान्सी प्रान्तको सियान प्रस्थान गर्नुभएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले विदाई गर्नुभयो ।
त्यसअवसरमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । राष्ट्रपतिको विदाइका लागि सरकारका वरिष्ठ मन्त्रीहरु, उच्च अधिकारीहरु विमानस्थल पुगेका थिए । राष्ट्रपति भण्डारीसंग सान्सी प्रान्तका कम्युनिष्ट पार्टीका शिर्ष नेता एवं सरकारी अधिकारीहरुले भोलि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
भण्डारी भोलि सांझ सियानबाट बेइजिङ पुग्नुहुनेछ । उहांले चीनको राजधानी बेइजिङमा आयोजना हुने बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनलाई सम्बोधन गर्ने कार्यसूची छ ।
सम्मेलनको घोषणापत्रमा नेपालमार्फत यस क्षेत्रमा गरिने सहकार्यलाई राख्न पहल गरिने जनाइएको छ । बीआरआई अभियानमार्फत पूर्वाधार विकास, रेल र सडक सञ्जाल विस्तार, पर्यटन, संस्कृति, जनसम्पर्क, आर्थिक सहकार्यको विकास लगायतमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चीन भ्रमणका क्रममा बेइजिङमा दुवै मुलुकका राष्ट्रपतिबीच उच्चस्तरीय वार्ता हुने र केही सम्झौतामा हस्ताक्षर हुनेछ । चिनिया समकक्षी सी जिनपिङको निमन्त्रणामा भएको यो उच्चस्तरीय भ्रमण नेपालका राष्ट्रपतिको पहिलो राजकीय भ्रमण हो ।
राष्ट्रपति भण्डारी तिब्बत स्वायत्त प्रदेशको ल्हासा हुंदै बैशाख १९ गते स्वदेश फर्किनुहुनेछ । राष्ट्रपतिसंगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि चीन भ्रमणमा सहभागी हुनुहुनेछ ।
भण्डारी तिब्बत स्वायत्त प्रदेशको ल्हासा हुंदै बैशाख १९ गते स्वदेश फर्किनुहुनेछ । राष्ट्रपतिसंगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि चीन भ्रमणमा सहभागी हुनुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्