धनगढी, ११ बैशाख । डडेल्धुराको साहुखर्कमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् ।
धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्बरको बस डडेल्धुराको साहुखर्कमा दुर्घटनामा परेको हो । मृतकको सनाखत हुन सकेको छैन । बिहान साढे ४ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी निरीक्षक नेतृत्वको टोली गएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्