काठमाडौं, १० वैशाख । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकताबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको ११ महिना पछि आज तल्लो तहमा एकीकरण भएको छ । पार्टी एकीकरणको घोषणाले राष्ट्रिय तथा अन्तर्राट्रियस्तरमा नेकपाको जुन उचाइ बढेको छ , यस उचाइलाई कायम गर्दै नेपाली क्रान्तिका बाँकी कार्यभार आर्थिक–सामाजिक क्रान्ति गरेर मुलुकमा समाजवाद स्थापना गर्नका लागि अव नेकपाले नेतृत्वकारी भूमिका निर्वाह गर्न आवश्यक छ ।
यतिखेर नेकपाले राज्यसत्ताको नेतृत्व गरिरहेको छ । जनताको मन छुने कल्याणकारी कार्य र जनताको जीविकाको विषय अनि आधारभूत आवश्यकताका सेवा सरकारमार्फत जनतालाई सर्वसुलभ ढंगले प्रदान गर्न सक्ने भुमिका पार्टी पंक्तिले खेल्नु पर्ने बताउछन नेकपाका नेता तथा कार्यकर्ता ।
राज्य सत्ताको लोकतान्त्रीकरण गर्ने, समाजको लोकतान्त्रीकरण गर्ने नेकपाको अभिभारा हो । यतिखेर नेकपा मुलुकको कम्युनिस्ट आनदोलनको मूलधारका रूपमा नेतृत्वकारी पार्टी हुनुका हिसाबले समाज र राज्यसत्ताकै लोकतान्त्रीकरण गर्ने अभिभारा रहेको छ । कम्युनिष्टको सरकारले एक वर्षमा उल्लेखेनीय काम गर्न नसकेकै हो । तर, अब आजैका दिनबाट थप उर्जाका साथ लाग्नुपर्ने बताउछिन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता जिल्ला कमिटी तहसम्मै पुगेपछि नेता तथा कार्यकर्ता निकै खुशि देखिएका छन् ।
तल्लो तहसम्ममा पूर्णरूपमा एकता हुन नसक्दा र नेताहरूले उपयुक्त जिम्मेवारी पाउन नसक्दा देखिएको निरासा ७०औं कम्युनिष्ट पार्टी स्थापना दिवससंगै आशामा बदलिएको छ । ११/११ महिनासम्म पार्टी अलमलमा पर्दा दुई तिहाइ बहुमतको सरकारले गरेका राम्रा कार्यसमेत आम नागरिक समक्ष प्रवाह हुन सकेको थिएन । निराशाका वीच नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली एवं अन्य नेताहरुको प्रयास पछि कार्यकतामा उत्साह थपिएको छ । अब पार्टीमा निरासाको अवस्था नआउला भन्ने अपेक्षा गर्छन् कार्यकर्ताहरु ।
पार्टी एकता पछि अव सरकारले पनि गतिशिल पाउने र आम नेपालीले भनेको जस्तै मूलुकका विकास निमार्ण शुसासन ब्यवस्थित हुनेमा आम कार्यकता ढुक्क भएका छन् । तर विकास र समृद्धिको नारा सरकार र सरकारका प्रधानमन्त्रीसँग मात्र जोडिएको छैन यो नारा सिंगो नेकपासँग जोडिएको छ । तिनै तहका चुनावमा सबै नेकपाको पंक्तिले जनता समक्ष पार्टी एकता गर्ने र विकास गर्ने वाचा गरेको थियो ।
त्यसैले नेकपाले पार्टी एकतासगै अव देश समृद्ध बनाउने विषयमा भुल गर्न हुँदैन । पार्टी एकताको सवै विषय टुंगो लागिसकेको अवस्थामा चुनावमा गरेका वाचाहरु नेकपाले पुरा गर्नुपर्छ । मूलुकको ठुलो पार्टी मात्र होइन आम नेपालीको पाटी बन्न सक्नुपर्छ । सरकारले २५ वर्षपछिको नेपालको जुन कल्पना गरेको त्यसलाई सफल बनाउने पहिलो जिम्मेवारी नेकपाकै नेता कार्यकर्ताको कांधमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्