काठमाडौं,५बैशाख । चर्चित भारतीय अभिनेत्री मनिषा कोइरालाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार क्षेत्रमा जनतालाई शिक्षा र स्वास्थ्य सेवाको उचित व्यवस्था गरिदिन सरकारसँग आग्रह गर्नु भएको छ ।
सगरमाथा बेस क्याम्पको ट्रेकिङ सम्पन्न गरी काठमाडौं आई पुग्नु भएकी उहाँले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शिक्षा र स्वास्थ्य सेवाबाट बञ्चित त्यस क्षेत्रका बासिन्दाका लागि आवश्यक व्यवस्था गरिदिन सरकारलाई आग्रह गर्नु भएको हो ।
अभिनेत्री कोइरालाले सगरमाथा बेस क्याम्पको टे«किङको क्रममा स्थानीय बासिन्दाबाट आफूले ठूलो सहयोग पाएको पनि स्मरण गर्नु भयो । तर सगरमाथा जानेहरुलाई जति सहयोग गरे पनि उनीहरुले भने स्वास्थ्य सेवा पाउने अवस्था समेत नभएकोमा आफूलाई दुःख लागेको अभिनेत्री कोइरालाको भनाई छ ।
अभिनेत्री कोइराला दुई जना भारतीय साथीहरुका साथ सगरमाथाको बेस क्याम्प ट्रेकिङमा जानु भएको थियो । बच्चा देखी नै सगरमाथा हेर्छु भन्ने सपना पुरा भएको काईरालाले बताउनु भएको छ । उहाँले जति पनि सगरमाथा आरोहका लागी गएका व्यतिm सबै विदेश मात्र रहेको र नेपाली नभएको बताउनु भयो ।
क्यान्सरबाट मुक्त हुनुभएका चर्चित नायिका कोइरालाले सगरमाथा पदयात्राले शरीर मात्रै नभएर मन पनि फुर्तिलो बनाउने अनुभव आफुले गर्दै आएको बताउनु भयो ।
नेपालको यस्तो सुन्दर क्षेत्रमा घुमेर र स्थानीय मानिसहरु संग घुलमिल गर्न पाएकोमा एकदमै खुशी भएको बताउनु भएको छ । मनिषाले सबैलाई सगरमाथा क्षेत्रमा जानको लागि प्रेरित गर्ने अठोट लिएको पनि बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्