सर्लाही,१ बैशाख । र्सर्लाहीमा बस दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ भने, ३१जना घाइते भएका छन ।
सर्लाहीको लालबन्दी नगरपालीका–बगवानीमा आइतबार बिहान बा३ ख १३१८ नम्बरको बस दुर्घटना हुदाँ सुनसरी र मोरङका अनिल उराउ, बबी उराउ र श्रीमान्त चौधरीको मृत्यु भएको हो ।
उक्त बस काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको थियो । जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरुले रिजर्भ गरेर भ्रमणमा निस्केको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्