रुकुम , २८ चैत्र । रुकुम पश्चिमका एक युवा ठुलिभेरीमा बगेर बेपत्ता भए छन ।
आठसिकोट नगरपालिका ९ राडीका २२ वर्षीय अनिल शाह हिजो दिउँसो पौडि खेल्ने क्रममा ठुलिभेरीमा बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ ।
हिजो दिउँसो बाट खोजी गर्दा पनि फेला पार्न नसकेको प्रहरीले जनाएको छ । आज विहानैबाट खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । खोजी कार्यमा नेपाल प्रहरी सहित स्थानिय युवाको टोली बेपत्ता यूवाको खोजीकार्य गरि रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्