रत्नपार्क आउँदै गरेको यात्रुबाहक बस दुर्घटना

2019-03-26 08:36


काठमाडौं , १२ चैत ।  दक्षिणकालीबाट काठमाडौंको रत्नपार् स्थित बसपार्क आउंदै गरेको ना ३ ख १४४४ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको छ । आज बिहान दक्षिणकाली नगरपालिका वडा नं ४ चाल्नाखेल भन्ने ठाउँमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक विष्णु स्वतिका अनुसार बसमा लगभग ३५ जना सवार रहेको बसमा अधिकांश कलेजका विद्यार्थी रहेको बताए । घाइतेहरुको फर्पिङ्ग स्थित मनमोहन र बल्खुस्थित वयोधा अस्पतालमा उपचार भैरहेको छ । बस सडकमै पल्टिएको छ। दुर्घटनाको प्रकृति हेर्दा पानी परिरहेको र मोडमा समेत गति नियन्त्रण गर्न नसक्दा बस पल्टिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All