दोलखा,९ चैत । जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निरीक्षण गर्नुभएको छ ।
उर्जामन्त्री पुन दोलखाको विगु गाउंपालिकामा निर्माणाधिन ४५६ मेगावाट क्षमता भएको तामाकोशी जलविद्युत आयोजनाको अवस्थाको वारेमा जानकारी लिन शुक्रवार सांझ दोलखा पुग्नु भएको हो । मन्त्री पुनले राष्ट्रिय गौरवको रुपमा रहेको तामाकोशी जलविद्युत आयोजनालाई समयमै ल्याउन पहल गर्दै आउनुभएको छ ।
उहाले शनिवार विहान आयोजनाको बांधस्थल,सुरु¨, माथिल्लो पेनस्टक र तल्लो पेनिस्टकको अवस्थाको बारेमा फिल्डमै पुगेर समेत जानकारी लिनु भयो । मन्त्रीपुनले करिव ३ घण्टा आयोजना स्थलकै निरीक्षण गरेर बिताउनु भएको थियो ।
उहाँले आयोजनाको अनुगमन,निरीक्षण र समस्याको समाधान गर्न र सहजीकरणको लागी आफु प्राधिकरण र आयोजनाका उच्च पदस्थ अधिकारीसहित फिल्डमै आएको बताउनुभयो ।
उहाले आयोजना प्रमुख दिनेशजंग राना र प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठसंग समेत आयोजनाको प्रगतीको वारेमा जानकारी लिनु भएको छ । मन्त्रीपुन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंग, राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्ण ओलीसहित आयोजना स्थल पुग्नु भएको हो । उहाले तोकिएको समयमा तामाकोशी जलविद्युत आयोजना ल्याउनु पर्ने भन्दै त्यसमा गम्भिर भएर काम गर्न समेत निर्देशन दिनुभयो ।
यसअघि प्रधानमन्त्री केपीशर्मा ओली सहित मन्त्री पुन आयोजनाको निरीक्षण भ्रमणमा गत वर्ष दोलखा आउन ुभएको थियो । उहांले माथिल्लो तामाकोशी जलविद्युत आयोजना समयमै ल्याउन आफु गम्भिरता पूर्वक लागिरहेको बताउंदै आउनुभएको छ ।
यसअघि आयोजनामा समस्या देखिएपछि उहांले उर्जामन्त्रालयका सचिव, प्राधिकरणका कार्यकारी निर्देशक,आयोजना प्रमुख र टेक्सम्याको निर्माण कम्पनीका प्रतिनिधीसंग छलफल गरेर आयोजनातोकिएको समयमै ल्याउन निर्देशन दिनुभएको थियो ।मन्त्रीपुनले आयोजनाको काम अघि नबढे ठेक्का समेत तोड्ने चेतावनी समेत दिनुभएको थियो ।
उर्जामन्त्री पुनले ४५६ मेगावाट क्षमता भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजना आगामी मंसिर भित्र सम्पन्नहुने विश्वास व्यक्तगर्नुभएको छ ।
आयोजना स्थलको निरिक्षण भ्रमण सम्पन्न गरिसकेपछि संचारकर्मीसंग शनिवार कुरा गर्दै मन्त्री पुनले आयोजना समय तालिका भित्रै सम्पन्न हुने दावी गर्नुभयो ।
‘यो निकै महत्वपूर्ण आयोजना भएकाले यसमा हाम्रो गम्भिर चांसो छ, आयोजना समयमै सम्पन्न गर्न र गुणस्तरीय बनाउनको लागी मैले पुरै ध्यान केन्द्रित गरेको छु, म समय तालिकाभित्रै आयोजना पुरा हुनेमा विश्वस्त छु ।’मन्त्री पुनले भन्नुभयो ।
उहाले नेपालीले ठुला आयोजना गर्न सक्दैन भन्ने सोच विगतमा रहेको भन्दै यसबाट नेपालीले ठुला आयोजना बनाउन सक्छन् भन्ने पुष्टि भएको धारणा समेत राख्नुभयो । मन्त्री पुनले तामाकोशी जलविद्युत आयोजना नेपालकै लागी नमुनायोग्य र महत्वपूर्ण भएको बताउनुभयो ।
‘केही समयअघि भर्टिकल साफका कारण केही समस्या आएको थियो, हामीले टेक्सम्याक र एन्ड्रिजको विचमा समझदारी बनाईदिएका छौ,अहिले काम अघि बढिरहेको छ । त्यसैले पनि आगामी मंसिरसम्म सवै काम सम्पन्न हुन्छ भन्ने मैले विश्वास लिएको छु । ’ उहाले भन्नुभयो ।
आफुले आयोजना प्रमुख देखी कार्यकारी निर्देशक राखेर सुरुदेखी नै तालिकाअनुसार कामहुनुपर्ने धारणा राखेको मन्त्रीपुनको भनाई थियो । ठुला आयोजनामा कहिले कांही समस्या आउने भएपनि तालिका अनुसार नैै काम हुने मन्त्री पुनले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्