काठमाडौं, ९ चैत । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पतालमा भर्ना हुनभएको छ । सिटौलाको शुक्रवार साँझदेखि अचानक स्वास्थयमा समस्या देखिएपछि धुम्बाराहीस्थित हृयाम्स अस्पतालमा भर्ना हुन भएको हो ।
उहाँलाई आईसीयूमा राखेर उपचार भइरहेको बताइएको छ । सिटौलाको रगतमा हेमोग्लोबिनको कमी भएको र आन्तरिक रक्तश्राव भएकाले आईसीयूमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्