प्रमोद खरेलको गल्तीमा केकी अधिकारीको अभिनय

2019-03-21 15:25


काठमाडौं,७ चैत । चर्चित गायक प्रमोद खरेलको गीत ‘गल्ती भो’ मा केकी अधिकारीले अभिनय गरेकी छन् ।

पछिल्लो समय निकै चर्चामा रहेका युवा गायक खरेलेको गीत गल्ती भो लाई देबेन्द्र क्षेत्रीले लेखेका हुन् भने अर्जुन पोखरेलले संगीत भरेका हुन् । सुन्दर नगरी पोखरामा छायंकन गरिएको उक्त गीतको म्यूजिक भिडियो फलानो क्रियशनले बनाएको हो ।

भिडियोमा केकी अधिकारीलाई देबेन्द्र क्षेत्रीले साथ दिएका छन् । सरोज अधिकारीको छायंकन, सुबास अम्गाईको सम्पादनमा रहेको गीतलाई अपिल त्रिपाठीले निर्देशन गरेका हुन् ।

    Comment Here!


सम्बन्धित समाचार

View All