अज्ञात समूहद्वारा ट्रकमा आगजनी

2019-03-14 16:04

हेटौँडा, ३० फागुन । मकवानपुरको त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिकाको पालुङ नजिक गएराति करीब ११ः४५ बजे काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ ख ७४११ नंको ट्रक ट्रेलरमा अज्ञात समूहले आगजनी गरेको छ । 

आगजनीबाट ट्रकमा क्षति पुगेको छ भने ट्रकका चालक तथा सहचालक सुरक्षित छ । सो घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

यसैगरी हेटौँडा उपमहानगरपालिका बस्तीपुरमा अज्ञात समूहले आज बिहान करीब ६ः३० बजे ना ६ ख ७३६९ नं को ट्रकमा ढुङ्गाले हान्दा चालक र सहचालकलाई सामान्य चोटपटक लागेको पनि प्रहरीले जनाएको छ । 

    Comment Here!


सम्बन्धित समाचार

View All